Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ

  •   ४ महिना अघि | १५ जेष्ठ २०८३, शुक्रबार

तनहुँ  ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनकी नवजात शिशुको हत्या गरिएको आशंकामा प्रहरीले आमालाई पक्राउ गरेको छ। घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने मानवता नै झस्किने अवस्था सिर्जना गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई हाल सिद्धार्थ टोलमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मैना थापा रहेकी छन्। उनले आफ्नी ३१ दिनकी छोरी प्रिन्सिका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

घटनाको खुलासा तब भयो, जब शिशुका पिता ३६ वर्षीय गोपाल थापाले करेसाबारीमा खाल्डोभित्र बच्चा पुरिएको अवस्था देखे। उनले तत्काल शिशुलाई बाहिर निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्‍याएका थिए। तर चिकित्सकले साँझ ५:४५ बजे शिशुलाई मृत घोषणा गरेका थिए।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकी महिलाले ‘डिप्रेसन’ सम्बन्धी औषधि सेवन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ। यो घटनाले मानसिक स्वास्थ्य समस्या, पारिवारिक अवस्था र सामाजिक सचेतनाको अभावबारे गम्भीर बहस सिर्जना गरेको छ। नवजात शिशुको यस्तो दर्दनाक मृत्युले समाजलाई संवेदनशील बन्न र मानसिक स्वास्थ्यप्रति समयमै ध्यान दिनुपर्ने आवश्यकता पुनः स्मरण गराएको छ।

  • Jigyasanepal

थप