Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु

  •   ४ महिना अघि | १५ जेष्ठ २०८३, शुक्रबार

नुवाकोट ।

नुवाकोटमा काठमाडौँतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

बिहीबार साँझ छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्ज्याङमा बिएई ०५६९ नम्बरको विद्युतीय जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भिरमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटनामा सिराहा सुखीपुर नगरपालिका–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार सवारी चालक अनुमति पत्रका आधारमा उनको सनाखत गरिएको हो।

दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्र घाइते भएका छन्। दुवै जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार जिप गुडिरहेको अवस्थामा अचानक अनियन्त्रित भएर भिरमा खसेको थियो। दुर्घटनापछि स्थानीयवासी र प्रहरीको टोलीले अँध्यारो तथा जङ्गल क्षेत्रको कठिन अवस्थाबीच तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप