Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता

  •   १ वर्ष अघि | २३ जेष्ठ २०८२, शुक्रबार

जिज्ञासा नेपाल । जेठ २३, सुर्खेत

जाजरकोटको नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् भने एक बालिका सकुशल उद्धार गरिएको छ।

शुक्रबार दिउँसो करिब २ बजे जाजरकोट र रुकुमपश्चिम जोड्ने भेरी पुल नजिक तीन बालबालिका नदीमा पौडी खेल्न गएका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा १० वर्षीय महेश कुसारी र १२ वर्षीया आशा कुसारी रहेका छन्।

उनीहरूसँगै पौडी खेल्न गएकी भगवती नेपालीलाई भने नदीले बगाउँदै लगे पनि स्थानीयको सहयोगमा उद्धार गरी आठबीसकोट नगरपालिका–स्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको टोलीले बेपत्ता दुई बालबालिकाको खोजी कार्य तीव्र बनाएका छन्। नदीमा पानीको बहाव तीव्र भएका कारण खोजी कार्यमा चुनौती भइरहेको जनाइएको छ।

🔴 नदी किनारमा सतर्कता आवश्यक
गर्मी मौसममा बालबालिका नदी किनारमा नुहाउन जाने क्रम बढ्दो छ। यसरी आमनागरिकको लापरवाही र अभिभावकीय निगरानीको अभावमा ज्यान जोखिममा पर्ने अवस्था दोहोरिइरहेका छन्।

  • Jigyasanepal

थप