Breaking News
ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||    

हैजा संक्रमणको उच्च दर, देशभर ५० जना संक्रमित

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

काठमाण्डौं । स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा संक्रमण पुष्टि भएको जानकारी दिएको छ, जसमध्ये ललितपुरमा मात्रै ३८ जना संक्रमित छन्। विभागका अनुसार काठमाडौं र प्युठानमा दुई-दुई र कैलालीमा आठ जनामा हैजा संक्रमण देखिएको छ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रभावित क्षेत्रहरूमा द्रूत प्रतिकार्य टोली परिचालन गर्दै बिरामीहरूको खोजी र निगरानी गरिरहेको छ। महाशाखाले प्रभावित क्षेत्रमा सफाइ र पानीको गुणस्तर परीक्षण गर्न अभिमुखीकरण गराएको र थप बिरामीको सक्रिय खोजी भइरहेको बताएको छ।


ललितपुरको महालक्ष्मी नगरपालिकामा सरोकारवालासँग बैठक बसी प्रतिकार्यलाई प्रभावकारी बनाउन निर्णय भएको छ। स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत जनचेतना फैलाउने प्रयास भइरहेको र झाडापखालाका बिरामीको निगरानी १४४ सरकारी तथा निजी अस्पतालबाट भइरहेको महाशाखाले जनाएको छ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एउटा टोलबाट एक हप्ताभित्र पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी देखिएमा टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न आग्रह गरेको छ। सरसफाइ र खानेपानीको शुद्धीकरणसम्बन्धी जनचेतना कार्यक्रमहरू विभिन्न माध्यमबाट सञ्चालन भइरहेको जानकारी पनि विभागले दिएको छ।

  • Jigyasa media

थप