Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

हैजा संक्रमणको उच्च दर, देशभर ५० जना संक्रमित

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

काठमाण्डौं । स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा संक्रमण पुष्टि भएको जानकारी दिएको छ, जसमध्ये ललितपुरमा मात्रै ३८ जना संक्रमित छन्। विभागका अनुसार काठमाडौं र प्युठानमा दुई-दुई र कैलालीमा आठ जनामा हैजा संक्रमण देखिएको छ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रभावित क्षेत्रहरूमा द्रूत प्रतिकार्य टोली परिचालन गर्दै बिरामीहरूको खोजी र निगरानी गरिरहेको छ। महाशाखाले प्रभावित क्षेत्रमा सफाइ र पानीको गुणस्तर परीक्षण गर्न अभिमुखीकरण गराएको र थप बिरामीको सक्रिय खोजी भइरहेको बताएको छ।


ललितपुरको महालक्ष्मी नगरपालिकामा सरोकारवालासँग बैठक बसी प्रतिकार्यलाई प्रभावकारी बनाउन निर्णय भएको छ। स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत जनचेतना फैलाउने प्रयास भइरहेको र झाडापखालाका बिरामीको निगरानी १४४ सरकारी तथा निजी अस्पतालबाट भइरहेको महाशाखाले जनाएको छ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एउटा टोलबाट एक हप्ताभित्र पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी देखिएमा टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न आग्रह गरेको छ। सरसफाइ र खानेपानीको शुद्धीकरणसम्बन्धी जनचेतना कार्यक्रमहरू विभिन्न माध्यमबाट सञ्चालन भइरहेको जानकारी पनि विभागले दिएको छ।

  • Jigyasa media

थप