Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

पहिरोमा पुरिएर ३ जना बेपत्ता

  •   २ वर्ष अघि | २२ असार २०८१, शनिबार

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१३ काउरे भन्ने ठाउँमा पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । काउरेका ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका हुन् ।


काउरेमा बिहानै सोना नेपालीको घर पहिरोमा परेको थियो । पहिरोमा परेकालाई उद्धार र सहयोग गर्न भन्दै छिमेकी अनिशा र श्याम पुगेका थिए । उनीहरुले पहिरो पन्छाउँदै गर्दा सँगै रहेको हिरा नेपालीको घर फेरि पहिरो खस्यो । त्यही पहिरोमा हिरासहित अनिशा र श्याम पनि बेपत्ता भएका इलाका प्रहरी कार्यालय बेलचौतारका प्रमुख इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिएका छन् ।


सोना नेपाली र हिरा नेपाली दिदीबहिनी हुन् । घरछिमेक मिलेर घरका सामान निकाल्दै गर्दा फेरि पहिरो खसेपछि ३ जना बेपत्ता भए । सोही घटनामा विष्णुबहादुर नेपाली, विशाल तिमल्सिना, रबि घिमिरे र रुपकुमार नेपाली भागेर ज्यान बचाउन सफल भए । उनीहरु घाइते रहेको र बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



  • Reporter

थप