Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

आजदेखि देशभर १५३ स्थानमा दसैँ लक्षित सुपथ मूल्य पसल सञ्चालन

  •   ११ महिना अघि | ३० भदौ २०८२, सोमवार

काठमाडौं, भदौ ३० –

दसैँसहितका चाडपर्व नजिकिएसँगै महँगीले थिचिएका उपभोक्तालाई राहत दिन सरकारले आज (सोमबार)देखि देशभर १५३ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लामा १११ स्थानमा बिक्री केन्द्र खोलेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले २९ जिल्लामा ४२ स्थान (उपत्यकामा ११ स्थान र ३ मोबाइल भ्यानसहित) बाट सेवा दिन थालेको हो।

कस्तो छ छुटको व्यवस्था?

  • चामल, दालमा प्रतिकेजी ५ रुपैयाँसम्म छुट
  • तेल, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी ७ रुपैयाँसम्म छुट
  • कर्णालीका रैथाने गेडागुडी (फापर, चिनो, कागुनो आदि) मा प्रतिकेजी १० रुपैयाँसम्म छुट
  • साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ, नुनमा २ रुपैयाँ छुट दिने जनाएको छ।

कहाँ–कहाँ खुल्यो पसल?

  • उपत्यकामा : थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक, दक्षिणकाली, गोदावरी, चाँगुनारायणलगायत स्थानमा खाद्य कम्पनीका बिक्री कक्ष।
  • साल्ट ट्रेडिङका बिक्री केन्द्रहरू : कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल, स्वयम्भू।
  • मोबाइल भ्यानमार्फत : माग भएका स्थानमा वस्तु आपूर्ति।
  • उपत्यकाबाहिर : २२ जिल्लामा रहेका स्थायी केन्द्र तथा स्थानीय पालिकाबाट आएको मागअनुसार बिक्री।

कति पाउन सकिन्छ?

कर्पोरेसनका अनुसार उपभोक्ताले प्रति व्यक्ती ६ केजीसम्म नुन, २ केजी चिनी, र समान परिमाणमा खानेतेल, चामल, दाल र चिउरा छुटसहित किन्न पाउनेछन्।

खर्च सरकारमै

खाद्य कम्पनीले मात्र यस चाडपर्वमा करिब २ करोड ५२ लाख रुपैयाँ बराबरको सहुलियत दिने बताएको छ। उक्त रकम सरकारले खोजभर्ना गर्नेछ।

दसैँ नजिकिँदै गर्दा सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उपभोक्ताका लागि राहत बने पनि, वितरण व्यवस्थामा पारदर्शिता, तोकिएको परिमाणमा वस्तु उपलब्ध हुने सुनिश्चितता र प्रभावकारी अनुगमन हुनुपर्ने उपभोक्ताको माग छ।

  • Jigyasanepal

थप