Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

आजदेखि देशभर १५३ स्थानमा दसैँ लक्षित सुपथ मूल्य पसल सञ्चालन

  •   १ वर्ष अघि | ३० भदौ २०८२, सोमवार

काठमाडौं, भदौ ३० –

दसैँसहितका चाडपर्व नजिकिएसँगै महँगीले थिचिएका उपभोक्तालाई राहत दिन सरकारले आज (सोमबार)देखि देशभर १५३ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लामा १११ स्थानमा बिक्री केन्द्र खोलेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले २९ जिल्लामा ४२ स्थान (उपत्यकामा ११ स्थान र ३ मोबाइल भ्यानसहित) बाट सेवा दिन थालेको हो।

कस्तो छ छुटको व्यवस्था?

  • चामल, दालमा प्रतिकेजी ५ रुपैयाँसम्म छुट
  • तेल, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी ७ रुपैयाँसम्म छुट
  • कर्णालीका रैथाने गेडागुडी (फापर, चिनो, कागुनो आदि) मा प्रतिकेजी १० रुपैयाँसम्म छुट
  • साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ, नुनमा २ रुपैयाँ छुट दिने जनाएको छ।

कहाँ–कहाँ खुल्यो पसल?

  • उपत्यकामा : थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक, दक्षिणकाली, गोदावरी, चाँगुनारायणलगायत स्थानमा खाद्य कम्पनीका बिक्री कक्ष।
  • साल्ट ट्रेडिङका बिक्री केन्द्रहरू : कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल, स्वयम्भू।
  • मोबाइल भ्यानमार्फत : माग भएका स्थानमा वस्तु आपूर्ति।
  • उपत्यकाबाहिर : २२ जिल्लामा रहेका स्थायी केन्द्र तथा स्थानीय पालिकाबाट आएको मागअनुसार बिक्री।

कति पाउन सकिन्छ?

कर्पोरेसनका अनुसार उपभोक्ताले प्रति व्यक्ती ६ केजीसम्म नुन, २ केजी चिनी, र समान परिमाणमा खानेतेल, चामल, दाल र चिउरा छुटसहित किन्न पाउनेछन्।

खर्च सरकारमै

खाद्य कम्पनीले मात्र यस चाडपर्वमा करिब २ करोड ५२ लाख रुपैयाँ बराबरको सहुलियत दिने बताएको छ। उक्त रकम सरकारले खोजभर्ना गर्नेछ।

दसैँ नजिकिँदै गर्दा सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उपभोक्ताका लागि राहत बने पनि, वितरण व्यवस्थामा पारदर्शिता, तोकिएको परिमाणमा वस्तु उपलब्ध हुने सुनिश्चितता र प्रभावकारी अनुगमन हुनुपर्ने उपभोक्ताको माग छ।

  • Jigyasanepal

थप