Breaking News
बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||     तिथि वृद्धिले फेरियो दसैँको पूजाविधि, आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने    ||     आज महाअष्टमी, महागौरी देवीको पूजा आराधना गरिँदै    ||     आज फूलपाती, कालरात्रि देवीको आराधनासँगै दसैँको रौनक बढ्दै    ||     नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको आराधना, शक्तिपीठमा भक्तजनको चहलपहल    ||     हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्न सक्ने    ||    

सम्हालिँदै आएको छु..!

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार

गजल :- 🖋️

✍🏼भरत सापकोटा 

आफैंले सम्झाएको छु,आफैंलाई सम्हाल्दै आएको छु ।

पटकपटक यो मन च्यातिरहन्छ,म टाल्दै आएको छु ।


सोंचेजस्तो जिन्दगी त सायद कसैको पनि नहोला यहाँ 

समयले जे दिएको छ म त्यसैलाई अँगाल्दै आएको छु ।


जिन्दगी मैनबत्ती हुँदा यो समय हावा बनिदिने रहेछ 

धेरैपटक निभेको छु फेरि आँफैलाई बाल्दै आएको छु ।


हिँड्न सुरु नै गरिएन भने ,गन्तव्यमा पुगिँदैन थाहा छ

र त रोकिएको छैन,यी पाइलाहरु चाल्दै आएको छु ।


२०८२ /०१/१६,धुलिखेल ।

  • Jigyasanepal

थप