Breaking News
अबुधाबीमा क्षेप्यास्त्र अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर    ||     एसईईमा नक्कली परीक्षार्थी काण्ड : अर्काको नाममा परीक्षा दिन पुगेका युवक पक्राउ    ||     आजदेखि संसद् अधिवेशन सुरु: नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक, तीन अध्यादेश पेस हुने    ||     बनेपामा पहिलोपटक एनएनआईपीए स्पोर्ट्स अवार्ड, २६ खेलका खेलाडी सम्मानित हुँदै    ||     कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले सार्वजनिक गर्‍यो आजको भाउ: कतिपय तरकारी सस्तिए, केही महँगिए    ||     मकवानपुरमा चट्याङको कहर : एकको मृत्यु, अर्का घाइते    ||     कालीमाटीले तोक्यो आजको थोक मूल्य: गोलभेँडा ७५, आलु २०, अकबरे खुर्सानी ८०० रुपैयाँ    ||     कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना, मेघगर्जन र चट्याङको चेतावनी    ||     ‘बालेन सरकार’ सुरु हुनासाथ सेयर बजारमा धक्का : नेप्से ७१ अंकले ओरालो, लगानीकर्ता ‘पर्ख र हेर’ मा    ||     ओली र लेखक पक्राउपछि कानुनी घेराबन्दी : कति दिन थुनिन्छन् ? अब के हुन्छ अदालती प्रक्रिया ?    ||    

हजुरआमाको त्यो विशाल छातीले जीवित बनाएका: दुई नाति-नातिना !

तेमाल ४ भञ्ज्याङ को एकै घरका शासु बुहारीको निधन

  •   १ वर्ष अघि | १९ असोज २०८१, शनिबार

तेमाल । 

गत हप्ता आएको अबिरल झरीले काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा अकल्पनीय विपत्ति ल्यायो। पहिरो र बाढीले गाउँका घरहरू चुँडिए, मान्छेका मुटुहरू चुँडिए। सबैभन्दा दुखदायी घटना ज्ञानबहादुर तामाङको परिवारमा घट्यो, जसले जीवनभर बिर्सन नसकिने क्षणको सामना गर्नुपर्‍यो।

१२ गतेको दिन दिउँसो १२ बजे, ज्ञानबहादुर र एक आफन्तले घर छोडेका थिए, सोचेका थिए खानेपानीको समस्या समाधान गर्नुपर्नेछ बाहिरको केही काम पनि । उनीहरू केही मिनेटको फरकमा पहिरोबाट बच्न सफल भए। तर, घरमा उनकी श्रीमती माइली तामाङ, बुहारी रमा लामा र तीन नाति-नातिनीहरू थिए। त्यो अकल्पनीय भयानक पहिरोको चपेटामा परिवारको भाग्य लेखिएको रहेछ ! 


जसरी गाउँलेहरू चिच्याउँदै, “घर पुरियो, सबै मान्छे पुरिए” भनेर हारगुहार गरिरहेका थिए, त्यतिनै बेला ज्ञानबहादुरको मनमा अशान्ति छायो। उनी दौडेर घर पुगे, जहाँ सारा परिवार पहिरोले पुरिएको थियो। तर, उद्दारको क्रममा केही अनपेक्षित आशा पलायो। पाँच घण्टापछि मानिसहरूले आशा मारिसकेका थिए । तर माटोको ढिस्कोभित्रबाट १५ महिनाका नाति प्रनिश र ३० महिनाकी इच्छामाया जीवित  आवाज ज्ञानबहादुर ले तीन पटक बोलाएको सुने तब उनी सहित केही गाउँले पूनः भग्नावेषहरु तर्फ गए । तब भने उनीहरूले त्यो नसोचेको दृश्य देखे जहाँ नाति नातिना त्यहाँ हजुरआमा माइली तामाङले छातीमा टाँसेर बचाएकी थिइन्। ती दुई जीवित नाति नातिना !...!

जीवनको अन्तिम क्षणमा पनि माइली तामाङको मातृत्वको बलिदान अद्वितीय थियो। उनले आफ्नो ज्यानको बाजी लगाएर नाति-नातिनीलाई बचाउन सफल भइन्। जबकि उनको शरीर पहिरोले च्यापिएको थियो, उनी भने यस संसार छोडेर आफ्नो भौतिक शरीर त्यागेर गइसकेकी थिइन् । ..! यता हजुर आमा लाई र छोरा छोरी बचाउन हिँडेकी बुहारी रमा ढोका छेउमा मृत भेटिइन्।..!

त्यस दिनले ज्ञानबहादुरलाई मात्र होइन, सिंगो गाउँलाई स्तब्ध बनायो। उनकी श्रीमती र बुहारीको शव पहिरोबाट निकालियो, तर उनले आफ्नो नाति-नातिनीलाई अन्तिम समयसम्म बचाइन्। यो दृश्यले गाउँभरि पीडा मात्र फैलाएन, मातृत्वको अनुपम उदाहरण पनि दियो।


“बुडीले आफ्ना नाति-नातिनीलाई ज्यान दिएर जोगाइन्,” ज्ञानबहादुर आँसु थाम्न नसक्दै भने।

आज, उनी तीन नाति-नातिनीको भरणपोषणको जिम्मेवारी लिएका छन्, तर हरेक पल यो पीडा र बलिदानको सम्झनाले उनलाई झस्काउँछ। धुलिखेलमा आफन्तको डेरामा बस्दै आएका ज्ञानबहादुरलाई आफ्नो जीवनमा सबैभन्दा ठूलो आघात लागेको छ, तर उनी हरेक दिन आफ्नी पत्नीको बलिदानको साक्षी भएर बाँचिरहेका छन्। 

यो कथा केवल दुःखको होइन, यो मानवताको, बलिदानको, र मातृत्वको गहिरो अर्थको कथा हो, जसले बाँच्नेलाई मात्र होइन, सुन्नेलाई पनि स्तब्ध बनाएको छ।


काभ्रे जिल्लामा यस विपद् मा हाल सम्म ७२ जनाको  निधन भइसकेको छ आधा दर्जन मानिस अझै वेपत्ता छन् ।  तेमाल गाउँपालिका को १ नम्बर वडामा १ दम्पती दुईमा एकै घरका ८ जना सहित १२ जनाको मानवीय क्षति भएको थियो 

  • Jigyasa media

थप