Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

एक भाग्यमानी मुसाफिर ..!

गजल

  •   २ वर्ष अघि | २५ चैत्र २०८१, सोमवार

✍🏼भरत सापकोटा 

गजल :-


मुटु भक्कानियो,आँखा रसाएर पानी पानी भयो ।

तिमीलाई सम्झिएँ,विगत सम्झिएँ , ग्लानी भयो ।


तिम्रो भावनालाई सधैं कदर गरेको हुँ,गर्नेछु पनि । 

तिमीलाई सधैं शिरमा सजाउने मेरो बानी भयो ।


तिम्रै सम्झनामा गएको रात कटाउने कोशिस गरें

रात बित्न पनि बर्षौं लाग्यो र बल्ल बिहानी भयो ।


सम्बन्ध होस या घर ,बन्नका लागि हो समय लाग्ने 

भत्किन समय लाग्दैन ,एक निमेषमा खरानी भयो ।


गुमाउने मान्छे नै गुमाएँछु भन्ने आभाष भएको छ

लाग्यो अबदेखि यो मुसाफिर फेरि भाग्यमानी भयो ।

  • Jigyasa media

थप