Breaking News
बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||     तिथि वृद्धिले फेरियो दसैँको पूजाविधि, आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने    ||     आज महाअष्टमी, महागौरी देवीको पूजा आराधना गरिँदै    ||     आज फूलपाती, कालरात्रि देवीको आराधनासँगै दसैँको रौनक बढ्दै    ||     नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको आराधना, शक्तिपीठमा भक्तजनको चहलपहल    ||     हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्न सक्ने    ||    

अगुल्टो

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार


✍🏼-मनिष राई 

रुमलिन्छ मान्छे यहाँ बहकिन्छ पनि

मनभित्रको चाह कहाँ देखिन्छ र

पल पल हावाको ठक्कर खान्छ पातले

शितलता अघि रोदन कहाँ देखिन्छ र ।।


समयको दोष भन्छन् यहाँ

आफ्ना पाइला कहाँ गनिन्छ र

पाइला नहेरी शिखर चुमे अरे

त्यसलाई नि सफलता भनिन्छ र ।।


आखिर माटो मै मिल्नु छ पछि

को गरीब को धनी छ र

निःस्वार्थ भै कर्म गरे अरे

स्वार्थ नभएको संसार पनि छ र ।।


आश देखाउँछन् धेरै यहाँ

चन्द्रमाको तापले जमिन सकिन्छ र

भाग्य हेर्छन् औंला फिजाई

हातका नशामा भाग्य लेखिन्छ र ।।


वसन्तको पालुवा हराभरा

जहिले खास कहाँ देखिन्छ र

वर्षात पछिको छाता बन्द गरेकै राम्रो

नत्र आकाश कहाँ देखिन्छ र ।।

  • Jigyasa media

थप