Breaking News
बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||     तिथि वृद्धिले फेरियो दसैँको पूजाविधि, आज पनि महाअष्टमीकै कर्म गर्नुपर्ने    ||     आज महाअष्टमी, महागौरी देवीको पूजा आराधना गरिँदै    ||     आज फूलपाती, कालरात्रि देवीको आराधनासँगै दसैँको रौनक बढ्दै    ||     नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको आराधना, शक्तिपीठमा भक्तजनको चहलपहल    ||     हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्न सक्ने    ||    

बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना

  •   १३ घण्टा अघि | ८ कार्तिक २०८३, शनिबार

तस्बिर : AI 

कात्तिक ११ देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएसँगै आगामी बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणाली क्रमशः विकसित हुँदै चक्रवातमा परिणत हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार शुक्रबार बिहान ५ः४५ बजे बंगालको खाडीको पूर्वमध्य भाग तथा आसपासको दक्षिणपूर्वी क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएको हो। यो प्रणाली थप शक्तिशाली बन्दै कात्तिक ९ गते सोमबारसम्म चक्रवातमा विकसित हुन सक्ने सम्भावना छ।

चक्रवात बनेपछि प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको आसपासको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्ने पूर्वानुमान गरिएको छ।

यस मौसमी प्रणालीको प्रभावका कारण कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने विभागले जनाएको छ। यद्यपि, नेपालमा कति वर्षा हुन्छ, कुन क्षेत्रमा बढी असर पर्छ र जोखिमको स्तर कस्तो हुन्छ भन्ने विषयमा अहिले नै ठोस आकलन गर्न नसकिने विभागको भनाइ छ।

सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित निकाय, किसान, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

मौसम प्रणालीको विकास र त्यसको सम्भावित प्रभावबारे आगामी दिनमा थप स्पष्ट हुने भएकाले विभागबाट जारी हुने आधिकारिक मौसम पूर्वानुमान तथा सूचनामा ध्यान दिन आवश्यक छ।

  • Jigyasanepal

थप