Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

मनकामना केबलकार पुनः सञ्चालनमा, अब डिजिटल प्रविधिमा

  •   २ वर्ष अघि | १ असोज २०८१, मङ्लबार

मुग्लिन: मनकामना केबलकार सेवा आजदेखि पुनः नियमित रूपमा सञ्चालनमा आउने भएको छ। नेपालकै पहिलो केबलकार प्रणालीलाई स्तरोन्नति गरी डिजिटल प्रविधिमा सञ्चालन गर्नका लागि आवश्यक कार्य सम्पन्न भएको छ।

गत असार ३१ गतेदेखि स्तरोन्नति र मुख्य तारको लट्ठा परिवर्तन गर्नका लागि केबलकार सेवा बन्द गरिएको थियो। २६ वर्षदेखि एनालग प्रविधिमा सञ्चालन हुँदै आएको मनकामना केबलकार अब आधुनिक डिजिटल प्रणालीमा रूपान्तरण गरिएको हो। मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार अष्ट्रियाको डोप्पलमेयर कम्पनीका प्राविधिकहरूको सुपरिवेक्षणमा यो कार्य सम्पन्न भएको हो।

मनकामना मन्दिर, जो गोरखाको सहिद लखन गाउँपालिकामा अवस्थित छ, नेपालभरका धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्य हो। दर्शनार्थीहरूलाई सहजता प्रदान गर्न विसं २०५५ मंसिर ८ गतेदेखि चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसस्थित ‘बटम स्टेसन’बाट केबलकार सेवा सञ्चालनमा ल्याइएको थियो।

नयाँ डिजिटल प्रणालीले यात्रुहरूको अनुभव अझ सुरक्षित र सहज बनाउने विश्वास गरिएको छ।


  • Jigyasa media

थप