Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कडा निर्णय

  •   १ वर्ष अघि | १९ भदौ २०८२, बिहिबार

भदौ १९, २०८२, काठमाडौं । सरकारले नेपालमा सञ्चालन हुने तर सूचीकृत हुन अस्वीकार गरेका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

बिहीबार सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले तोकिएको समयसीमा भित्र सूचीकरण नगरेका सामाजिक सञ्जाललाई तत्काल निष्क्रिय गराउने निर्णय गरेको हो।

यसअघि सरकारले भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत सात दिनको अल्टिमेटम दिएको थियो। सो समयसीमा बुधबार राति १२ बजे सकिएको हो। त्यसअनुसार, अब सूचीकरणमा सहभागी नभएका सामाजिक सञ्जाललाई नेपालभित्र पूर्ण रूपमा बन्द गरिनेछ।

हालसम्म सूचीकृत हुनेमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै रहेका छन्। बाँकी सामाजिक सञ्जाल सूचीकरणमा नआए तत्काल निष्क्रिय गरिने सञ्चार मन्त्रालयले जनाएको छ।

यसअघि सर्वोच्च अदालतले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल र ओटीटी एप्समार्फत प्रसारण हुने विज्ञापनसहितका सामग्रीमाथि बन्देज लगाउन सरकारलाई परमादेश दिएको थियो। अदालतले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक कानुन बनाउन समेत निर्देशन दिएको छ।

सरकारको यस निर्णयसँगै अब नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा रहने र अनियमित तथा अनियन्त्रित गतिविधिमाथि अंकुश लगाइने जनाइएको छ।


  • Jigyasanepal

थप