Breaking News
ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||    

आईपीएलमा गुजरातको १० विकेटको विजय: प्लेअफमा तीन टिमको स्थान पक्का

  •   १ वर्ष अघि | ५ जेष्ठ २०८२, सोमवार

काठमाडौं, जेठ ५ – दिल्ली क्यापिटल्सविरुद्धको शानदार १० विकेटको जितसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०८२ को प्लेअफ यात्रा पक्का गरेको छ। यो जितसँगै रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किंग्सले पनि शीर्ष चारमा स्थान सुरक्षित गरेका छन्।

दिल्लीको विशाल लक्ष्य सजिलै पार
आइतबार दिल्लीमा घरेलु टिमले प्रस्तुत गरेको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमै विकेट नगुमाई पूरा गर्‍यो। ओपनर साई सुदर्शनले ६१ बलमा १२ चौका र चार छक्कासहित १०८ रनको शतकीय इनिङ खेले भने अर्का ओपनर शुभमन गिलले ५३ बलमा तीन चौका र सात छक्कासहित अविजित ९३ रन जोड्दै टोलीलाई सहज जित दिलाए।

राहुलको शतक व्यर्थ
यसअघि टस हारेर ब्याटिङ थालेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९९ रनको बलियो स्कोर बनाएको थियो। दिल्लीका ओपनर केएल राहुलले ६५ बलमा १४ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ११२ रनको शतकीय योगदान दिए। अभिषेक पोरेलले ३०, कप्तान अक्षर पटेलले २५ र ट्रिस्टन स्टुब्सले २१ रन जोडे।

गुजरातका अरशद खान, प्रशिद्ध कृष्णा र साई किशोरले समानरुपमा एक–एक विकेट लिए।

प्लेअफ समीकरण
जितसँगै गुजरात टाइटन्स १२ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बेंगलुरु र पञ्जाबले पनि समान १२ खेलबाट १७–१७ अंक जोड्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेका छन्।

चार टिम बाहिर, एक स्थान बाँकी
यसअघि नै चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिसकेका छन्। अब बाँकी रहेको प्लेअफको अन्तिम एक स्थानका लागि मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्सबीच कडा प्रतिस्पर्धा हुनेछ।

  • Jigyasanepal

थप