Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

आईपीएलमा गुजरातको १० विकेटको विजय: प्लेअफमा तीन टिमको स्थान पक्का

  •   १ वर्ष अघि | ४ जेष्ठ २०८२, आइतवार

काठमाडौं, जेठ ५ – दिल्ली क्यापिटल्सविरुद्धको शानदार १० विकेटको जितसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०८२ को प्लेअफ यात्रा पक्का गरेको छ। यो जितसँगै रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किंग्सले पनि शीर्ष चारमा स्थान सुरक्षित गरेका छन्।

दिल्लीको विशाल लक्ष्य सजिलै पार
आइतबार दिल्लीमा घरेलु टिमले प्रस्तुत गरेको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमै विकेट नगुमाई पूरा गर्‍यो। ओपनर साई सुदर्शनले ६१ बलमा १२ चौका र चार छक्कासहित १०८ रनको शतकीय इनिङ खेले भने अर्का ओपनर शुभमन गिलले ५३ बलमा तीन चौका र सात छक्कासहित अविजित ९३ रन जोड्दै टोलीलाई सहज जित दिलाए।

राहुलको शतक व्यर्थ
यसअघि टस हारेर ब्याटिङ थालेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९९ रनको बलियो स्कोर बनाएको थियो। दिल्लीका ओपनर केएल राहुलले ६५ बलमा १४ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ११२ रनको शतकीय योगदान दिए। अभिषेक पोरेलले ३०, कप्तान अक्षर पटेलले २५ र ट्रिस्टन स्टुब्सले २१ रन जोडे।

गुजरातका अरशद खान, प्रशिद्ध कृष्णा र साई किशोरले समानरुपमा एक–एक विकेट लिए।

प्लेअफ समीकरण
जितसँगै गुजरात टाइटन्स १२ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बेंगलुरु र पञ्जाबले पनि समान १२ खेलबाट १७–१७ अंक जोड्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेका छन्।

चार टिम बाहिर, एक स्थान बाँकी
यसअघि नै चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिसकेका छन्। अब बाँकी रहेको प्लेअफको अन्तिम एक स्थानका लागि मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्सबीच कडा प्रतिस्पर्धा हुनेछ।

  • Jigyasanepal

थप