Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

कर्णाली याक्सको रोमाञ्चक जित, चितवन राइनोज पराजित

  •   २ वर्ष अघि | २१ मंसिर २०८१, शुक्रबार

काठमाडौं, मंसिर २१ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ। टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले अन्तिम ओभरसम्म पुगेको रोमाञ्चक परिस्थितिमा लक्ष्य पूरा गरेको हो।

चितवनले प्रस्तुत गरेको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो। अन्तिम ओभरमा ९ रन आवश्यक पर्दा, १९.४ ओभरमा अर्जुन घर्ती रनआउट भए। त्यसपछि क्रिजमा आएका गुल्सन झासँगै जिसन मक्सुदले १९.५ ओभरमा चौका हिर्काउँदै कर्णालीलाई जित दिलाए। जिसन १२ रनमा अविजित रहे।

कर्णालीको उत्कृष्ट प्रदर्शन

कर्णालीका लागि ओपनर देव खनालले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे। देव ३२ बलमा २५ रन बनाउँदै कुशल मल्लको बलमा एलबीडब्ल्यु आउट भए। दोस्रो विकेटका लागि शिखर धवनले चाड्विक वाल्टनसँग ५१ रनको साझेदारी गरे।

शिखरले ४५ रनको पारी खेले, जसमा ४ चौका र १ छक्का समावेश थियो। उनलाई लोफ्टी इटोनले १५.२ ओभरमा क्याच एण्ड बोल्ड आउट गरे। वाल्टनले १९ बलमा ३ चौका प्रहार गर्दै २१ रन बनाए।

चितवनका बलरमध्ये कप्तान कुशल मल्ल, लोफ्टी इटोन र रवि बोपाराले १/१ विकेट लिए।

चितवनका लागि बोपाराको संघर्षपूर्ण पारी

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले ४० बलमा ७ चौका र १ छक्कासहित ५९ रनको अविजित पारी खेले। कप्तान कुशल मल्लले २७ बलमा २३ रन बनाए। अन्य ब्याटर भने प्रभावशाली प्रदर्शन गर्न सकेनन्।

कर्णालीका बलरमध्ये विपिन शर्माले सर्वाधिक ३ विकेट लिए। जिसन मक्सुदले २ विकेट झारे भने सोमपाल कामी र नन्दन यादवले समान १/१ विकेट लिए।

अर्को खेलमा लुम्बिनी र पोखराको प्रतिस्पर्धा

आजको दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच दिउँसो हुने छ।

खेलको सम्पूर्ण अपडेटका लागि हामीसँगै रहनुहोस्।


  • Jigyasa media

थप