Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

कर्णाली याक्सको रोमाञ्चक जित, चितवन राइनोज पराजित

  •   २ वर्ष अघि | २१ मंसिर २०८१, शुक्रबार

काठमाडौं, मंसिर २१ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ। टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले अन्तिम ओभरसम्म पुगेको रोमाञ्चक परिस्थितिमा लक्ष्य पूरा गरेको हो।

चितवनले प्रस्तुत गरेको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो। अन्तिम ओभरमा ९ रन आवश्यक पर्दा, १९.४ ओभरमा अर्जुन घर्ती रनआउट भए। त्यसपछि क्रिजमा आएका गुल्सन झासँगै जिसन मक्सुदले १९.५ ओभरमा चौका हिर्काउँदै कर्णालीलाई जित दिलाए। जिसन १२ रनमा अविजित रहे।

कर्णालीको उत्कृष्ट प्रदर्शन

कर्णालीका लागि ओपनर देव खनालले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे। देव ३२ बलमा २५ रन बनाउँदै कुशल मल्लको बलमा एलबीडब्ल्यु आउट भए। दोस्रो विकेटका लागि शिखर धवनले चाड्विक वाल्टनसँग ५१ रनको साझेदारी गरे।

शिखरले ४५ रनको पारी खेले, जसमा ४ चौका र १ छक्का समावेश थियो। उनलाई लोफ्टी इटोनले १५.२ ओभरमा क्याच एण्ड बोल्ड आउट गरे। वाल्टनले १९ बलमा ३ चौका प्रहार गर्दै २१ रन बनाए।

चितवनका बलरमध्ये कप्तान कुशल मल्ल, लोफ्टी इटोन र रवि बोपाराले १/१ विकेट लिए।

चितवनका लागि बोपाराको संघर्षपूर्ण पारी

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले ४० बलमा ७ चौका र १ छक्कासहित ५९ रनको अविजित पारी खेले। कप्तान कुशल मल्लले २७ बलमा २३ रन बनाए। अन्य ब्याटर भने प्रभावशाली प्रदर्शन गर्न सकेनन्।

कर्णालीका बलरमध्ये विपिन शर्माले सर्वाधिक ३ विकेट लिए। जिसन मक्सुदले २ विकेट झारे भने सोमपाल कामी र नन्दन यादवले समान १/१ विकेट लिए।

अर्को खेलमा लुम्बिनी र पोखराको प्रतिस्पर्धा

आजको दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच दिउँसो हुने छ।

खेलको सम्पूर्ण अपडेटका लागि हामीसँगै रहनुहोस्


  • Jigyasa media

थप