Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

बंगलादेशद्वारा नेपाललाई ४-१ ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको उपाधि कब्जा

  •   २ वर्ष अघि | १२ भदौ २०८१, बुधबार

काठमाडौं । बंगलादेशले बुधबार साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपाललाई ४-१ गोल अन्तरले हराउँदै उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक यो प्रतियोगिताको उपाधि उचालेको हो।

बंगलादेशले खेलको पहिलो हाफको अन्त्यमा मिराजुल इस्माइलको गोलमार्फत अग्रता लिएको थियो। इस्माइलले ५५औँ मिनेटमा पुनः गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए। 

खेलको ७१औँ मिनेटमा रब्बी हुसेनले तेस्रो गोल थपे भने ९०औँ मिनेटको इन्जुरी समयमा पियास अहमद नोभाले बंगलादेशको चौथो गोल गर्दै जित सुनिश्चित गरे।

नेपालका लागि एकमात्र सान्त्वना गोल समीर तामाङले ८०औँ मिनेटमा गरेका थिए। नेपालको प्रतिस्पर्धात्मक प्रयासका बाबजुद बंगलादेशको आक्रमक खेलले नेपाललाई दबाबमा राख्न सफल भयो।

यो जितसँगै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको इतिहासमा पहिलो पटक उपाधि जित्न सफल भएको छ।

  • Jigyasa media

थप