Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नेपालद्वारा अमेरिकाविरुद्ध टी-२० सिरिजमा शानदार क्लिनस्वीप

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

काठमाडौं, ५ कात्तिक – नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजलाई प्रभावशाली रूपमा क्लिनस्वीप गरेको छ। तेस्रो तथा अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-० ले आफ्नो पक्षमा पार्‍यो।

आजको खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो। नेपालका ओपनर आसिफ शेखले ५० रन बनाएका थिए भने अनिल शाह १३ रनमा आउट भए। त्यसपछि कुशल मल्ल (४४ रन) र कुशल भुर्तेल (४० रन) अविजित रहँदै नेपाललाई विजयी बनाए।

बलिङतर्फ अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिए।

यसअघि डालसमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। अमेरिकाका सैतेजा मुक्कामल्लाले ६८ रनको उत्कृष्ट पारी खेले भने मिलिन्ड कुमारले ४३ रन जोडे। अन्य ब्याटरले खास प्रदर्शन गर्न नसक्दा अमेरिकाको स्कोर चुनौतीपूर्ण भए पनि पर्याप्त साबित भएन।

यो जितसँगै नेपालले टी-२० सिरिजमा अमेरिकाविरुद्ध आफ्नो दबदबा देखाउँदै सिरिजलाई एकतर्फीबनाएको छ।


  • Jigyasa media

थप