Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

इंग्ल्यान्डले फाइनलमा स्पेनसँग भिड्ने पक्का

  •   २ वर्ष अघि | २८ असार २०८१, शुक्रबार

लन्डन । लगातार दोस्रोपटक इंग्ल्यान्ड युरो कपको फाइनल पुगेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्डलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २–१ गोलले नै पराजित गर्दै फाइनल पुगिसकेको छ ।

दोस्रो सेमिफाइनलमा सुरुआती अग्रता लिएको नेदरल्यान्डलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो । विजयी टोलीका लागि ओली वाटकिन्सले दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै फाइनल यात्रा निश्चित गरेका हुन् ।

खेलको सातौँ मिनेटमा नेदरल्यान्डका जावी सिमोन्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको १८औँ मिनेटमै इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टी गोल गर्दै खेल बराबरीमा फर्काए । इंग्ल्यान्डका कप्तान केनलाई नेदरल्यान्डका डेनजेल डम्फ्रिजले फउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल केनले खेल बराबरीमा फर्किएका थिए ।

खेल अवधिभर खेल बराबरीमै सम्पन्न हुनै लाग्दा नियमित समयको अन्तिम सेकेन्डमा वाटकिन्सले गोल गरे । वाटकिन्स कप्तान केनलाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरेका थिए । युरोकपको पछिल्लो संस्करणमा इंग्ल्यान्ड फाइनलमा इटालीसँग पराजित भएको थियो ।

पहिलो हाफमा खेलमा दबाब राखेको इंग्ल्यान्डका फिल फुडेनको प्रहार गोल पोस्टमा लागेको थियो । यसैगरी उनकै उत्कृष्ट प्रहारलाई डच गोलरक्षक बर्ट भरब्रगेनले उत्कृष्ट ढंगले बचाएका थिए । नेदरल्यान्डका डानेल डुमिरेजको प्रहार पनि गोलपोस्टमा लागेको थियो । इंग्ल्यान्ड सन् १९६६ को विश्वकपपछि पहिलोपटक विदेशी भूमिमा फाइनल खेल्दै छ । गत संस्करणको युरोकपको फाइनल इंग्ल्यान्डले घरेलु वेम्बली रंगशाालमा खेलेको थियो । प्रतियोगिताको सुरुआतमा भने इंग्ल्यान्ड दमदार देखिएको थिएन ।

खेल सकिन ९ मिनेट बाँकी रहँदा वाटकिन्सलाई मैदान प्रवेश गराउने निर्णय साउथगेटमा लागि महत्वपूर्ण सावित भयो । उनले मैदान प्रवेश लगत्तै विपक्षीलाई लगातार दबाब दिएका थिए ।

खेलमा पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्यान्डका लागि म्यानचेस्टर युनाइटेडका १९ वर्षीय कोबी माइनोले सानदार प्रदर्शन गरेका थिए । विजयी टोलीका गोलरक्षक पिकफर्डले उत्तिकै उत्कृष्ट बचाउ गर्दै भर्जिल भान डिकको आक्रमणलाई विफल पारेका थिए । वाटकिस्नसनलाई पार उपलब्ध गराउने कोले पाल्मर पनि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए ।

  • Reporter

थप