Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

इंग्ल्यान्डले फाइनलमा स्पेनसँग भिड्ने पक्का

  •   २ वर्ष अघि | २८ असार २०८१, शुक्रबार

लन्डन । लगातार दोस्रोपटक इंग्ल्यान्ड युरो कपको फाइनल पुगेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्डलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २–१ गोलले नै पराजित गर्दै फाइनल पुगिसकेको छ ।

दोस्रो सेमिफाइनलमा सुरुआती अग्रता लिएको नेदरल्यान्डलाई रोक्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो । विजयी टोलीका लागि ओली वाटकिन्सले दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै फाइनल यात्रा निश्चित गरेका हुन् ।

खेलको सातौँ मिनेटमा नेदरल्यान्डका जावी सिमोन्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको १८औँ मिनेटमै इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टी गोल गर्दै खेल बराबरीमा फर्काए । इंग्ल्यान्डका कप्तान केनलाई नेदरल्यान्डका डेनजेल डम्फ्रिजले फउल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल केनले खेल बराबरीमा फर्किएका थिए ।

खेल अवधिभर खेल बराबरीमै सम्पन्न हुनै लाग्दा नियमित समयको अन्तिम सेकेन्डमा वाटकिन्सले गोल गरे । वाटकिन्स कप्तान केनलाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरेका थिए । युरोकपको पछिल्लो संस्करणमा इंग्ल्यान्ड फाइनलमा इटालीसँग पराजित भएको थियो ।

पहिलो हाफमा खेलमा दबाब राखेको इंग्ल्यान्डका फिल फुडेनको प्रहार गोल पोस्टमा लागेको थियो । यसैगरी उनकै उत्कृष्ट प्रहारलाई डच गोलरक्षक बर्ट भरब्रगेनले उत्कृष्ट ढंगले बचाएका थिए । नेदरल्यान्डका डानेल डुमिरेजको प्रहार पनि गोलपोस्टमा लागेको थियो । इंग्ल्यान्ड सन् १९६६ को विश्वकपपछि पहिलोपटक विदेशी भूमिमा फाइनल खेल्दै छ । गत संस्करणको युरोकपको फाइनल इंग्ल्यान्डले घरेलु वेम्बली रंगशाालमा खेलेको थियो । प्रतियोगिताको सुरुआतमा भने इंग्ल्यान्ड दमदार देखिएको थिएन ।

खेल सकिन ९ मिनेट बाँकी रहँदा वाटकिन्सलाई मैदान प्रवेश गराउने निर्णय साउथगेटमा लागि महत्वपूर्ण सावित भयो । उनले मैदान प्रवेश लगत्तै विपक्षीलाई लगातार दबाब दिएका थिए ।

खेलमा पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्यान्डका लागि म्यानचेस्टर युनाइटेडका १९ वर्षीय कोबी माइनोले सानदार प्रदर्शन गरेका थिए । विजयी टोलीका गोलरक्षक पिकफर्डले उत्तिकै उत्कृष्ट बचाउ गर्दै भर्जिल भान डिकको आक्रमणलाई विफल पारेका थिए । वाटकिस्नसनलाई पार उपलब्ध गराउने कोले पाल्मर पनि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए ।

  • Reporter

थप