Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

चर्चित रेस्लर जोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा सन्यासको घोषणा

  •   २ वर्ष अघि | २४ असार २०८१, सोमवार

टोरन्टो । अमेरिकी अभिनेता तथा रेस्लर जोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा सन्यासको घोषणा गरेका छन् । क्याडनाको टोरन्टोमा आयोजित ‘मनी इन द बैंक’ कार्यक्रमका दौरान सिनाले दर्शकसामु यस्तो घोषणा गरेका हुन् ।

सिनाले सन् २०२५ मा आफूले अन्तिम प्रतियोगितामा भाग लिने जानकारी दिए । ४७ वर्षीय रेस्लर सन् २००१ मा डब्लूडब्लूईमा आबद्ध भएका थिए । उनी इतिहासकै सबैभन्दा लोकप्रिय रेस्लरमध्ये एक हुन् । उनले १६ पटक डब्लूडब्लूईको वर्ल्ड च्याम्पियनसिप जितेका छन् ।

सिनाले सन् २०२५ मा आयोजना हुने रेसलमेनिया उनको अन्तिम प्रतियोगिता हुन सक्ने सङ्केत गरेका छन् । उनको घोषणापछि टोरन्टोका दर्शकले ‘धन्यवाद सिना’ भन्दै नारा लगाएका थिए ।

  • Reporter

थप