Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

त्रिकोणात्मक टि–२० सिरिज: नेपालद्वारा ओमान ५६ रनले पराजित

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

काठमाडौं – क्यानडामा जारी त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले ओमानलाई ५६ रनले हराउँदै अर्को महत्त्वपूर्ण जित हात पारेको छ। बुधबार राति क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले १५८ रनको लक्ष्य दिएको थियो, तर ओमानको टोली १९.५ ओभरमा मात्र १०१ रनमै अलआउट हुन पुग्यो।

ओमानका लागि जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रनको योगदान दिए पनि अन्य खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। नेपालका बलरहरूमध्ये कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिँदै विपक्षी टोलीलाई सम्हालिन दिएनन्।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। कप्तान रोहित पौडेलले आक्रामक पारामा ४४ बलमा ५६ रन बनाएर नेपाललाई सम्मानजनक लक्ष्यमा पुर्याए। रोहितले आफ्नो इनिङ्समा २ चौका र ४ छक्का प्रहार गरे।

अन्य ब्याटरहरूको प्रदर्शनमा भने मध्यम रूपमा नै रोकिएको थियो। अनिल साहले ११, आसिफ शेखले १६, देव खनालले १८, दीपेन्द्रसिंह ऐरीले १, गुल्सान झाले २, र कुशल भुर्तेलले ११ रन बनाए। नेपालले बलियो बलिङ प्रदर्शनमार्फत खेल आफ्नो पक्षमा तान्न सफल भएको हो।


  • RSS

थप