Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

त्रिकोणात्मक टि–२० सिरिज: नेपालद्वारा ओमान ५६ रनले पराजित

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

काठमाडौं – क्यानडामा जारी त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले ओमानलाई ५६ रनले हराउँदै अर्को महत्त्वपूर्ण जित हात पारेको छ। बुधबार राति क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले १५८ रनको लक्ष्य दिएको थियो, तर ओमानको टोली १९.५ ओभरमा मात्र १०१ रनमै अलआउट हुन पुग्यो।

ओमानका लागि जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रनको योगदान दिए पनि अन्य खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। नेपालका बलरहरूमध्ये कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिँदै विपक्षी टोलीलाई सम्हालिन दिएनन्।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। कप्तान रोहित पौडेलले आक्रामक पारामा ४४ बलमा ५६ रन बनाएर नेपाललाई सम्मानजनक लक्ष्यमा पुर्याए। रोहितले आफ्नो इनिङ्समा २ चौका र ४ छक्का प्रहार गरे।

अन्य ब्याटरहरूको प्रदर्शनमा भने मध्यम रूपमा नै रोकिएको थियो। अनिल साहले ११, आसिफ शेखले १६, देव खनालले १८, दीपेन्द्रसिंह ऐरीले १, गुल्सान झाले २, र कुशल भुर्तेलले ११ रन बनाए। नेपालले बलियो बलिङ प्रदर्शनमार्फत खेल आफ्नो पक्षमा तान्न सफल भएको हो।


  • RSS

थप