Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित

  •   २ वर्ष अघि | २८ भदौ २०८१, शुक्रबार

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्। उनले शुक्रबार सम्पन्न पल्सर स्पोर्ट्स अवार्ड २०८० मा ‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’ अवार्ड जितेका हुन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा रोहितलाई ‘प्लेयर अफ द इयर’ घोषित गरिएको थियो। क्यानडामा रहेकाले रोहितको तर्फबाट उनका आमा र दाजुले अवार्ड ग्रहण गरेका थिए।

यो प्रतिष्ठित अवार्डका लागि रोहितसँगै फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेकाथिए।


  • Jigyasa media

थप