Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

यू-१९ एसिया कप: नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

काठमाडौं – यूएईमा सुरु भएको एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ। श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६.२ ओभरमा १७८ रनमै समेटियो।

नेपालका ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए। तर, अन्य ब्याटरले ठूलो योगदान दिन नसक्दा नेपाल लक्ष्य पछ्याउन असफल रह्यो। श्रीलंकाका बलर प्रवीण मनीशाले ९ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। यस्तै, न्यूथन रन्जितकुमार, मथुलान कुगथास, र विहास थ्योमिकाले २–२ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङ थालेको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो। श्रीलंकाका सरुजन सनमुगनाथनले ६२ रनको महत्वपूर्ण योगदान दिए। यस्तै, लकविन अभेसिङ्गेले ५० रन र कविजा गमागेले ३७ रन बनाए।

नेपालका बलर सन्तोष यादवले प्रभावशाली प्रदर्शन गर्दै १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए। युवराज खत्रीले २ विकेट लिए भने कप्तान हेमन्त धामी र नरेन साउदले १–१ विकेट हात पारे।

नेपालको प्रदर्शनले बलिङमा केही आशा देखिए पनि ब्याटिङ विभागमा सुधार आवश्यक रहेको देखाएको छ। अबको खेलमा नेपालले आफ्नो प्रदर्शन सुधार्ने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप