Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

यू-१९ एसिया कप: नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

काठमाडौं – यूएईमा सुरु भएको एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ। श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६.२ ओभरमा १७८ रनमै समेटियो।

नेपालका ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए। तर, अन्य ब्याटरले ठूलो योगदान दिन नसक्दा नेपाल लक्ष्य पछ्याउन असफल रह्यो। श्रीलंकाका बलर प्रवीण मनीशाले ९ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। यस्तै, न्यूथन रन्जितकुमार, मथुलान कुगथास, र विहास थ्योमिकाले २–२ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङ थालेको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो। श्रीलंकाका सरुजन सनमुगनाथनले ६२ रनको महत्वपूर्ण योगदान दिए। यस्तै, लकविन अभेसिङ्गेले ५० रन र कविजा गमागेले ३७ रन बनाए।

नेपालका बलर सन्तोष यादवले प्रभावशाली प्रदर्शन गर्दै १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए। युवराज खत्रीले २ विकेट लिए भने कप्तान हेमन्त धामी र नरेन साउदले १–१ विकेट हात पारे।

नेपालको प्रदर्शनले बलिङमा केही आशा देखिए पनि ब्याटिङ विभागमा सुधार आवश्यक रहेको देखाएको छ। अबको खेलमा नेपालले आफ्नो प्रदर्शन सुधार्ने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप