Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय भलिबलबाट सन्न्यास लिँदै, नयाँ पुस्तालाई मार्ग प्रशस्त गरेको संदेश

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास घोषणा गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै यो महत्वपूर्ण निर्णय सार्वजनिक गरेका हुन्। त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुरले आफ्नो करियरलाई नयाँ पुस्ताको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले सन्न्यास लिएको बताएका छन्।

श्रेष्ठको नेतृत्वमा रहेको नेपालले सन् २०१७ मा एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा कांस्य पदक जितेको थियो। साथै, उनले नेपालका लागि दुई पटक एसियाड खेल्दै महत्वपूर्ण योगदान दिएका छन्। गत वर्ष चीनमा भएको १९औं एसियाडमा उनले नेपाली टिमको कप्तानी गरेका थिए।

उनले भिडियोमा भनेका छन्, "राष्ट्रिय टिमबाट अवकाश लिने निर्णय लिन सजिलो थिएन, तर अब युवा खेलाडीहरूको लागि ठाउँ दिनु आवश्यक ठानेँ।" २७ वर्षीय श्रेष्ठले नेपालको बीच भलिबलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई पटक रजत पदक जिताएका थिए।

अब नयाँ पुस्ताका लागि मार्ग खुला गर्दै, भलिबलप्रेमीहरूको मन जित्दै आएका श्रेष्ठले सन्न्याससँगै नेपाली खेल क्षेत्रमा आफ्नो नयाँ अध्यायको सुरुवात गर्नेछन्।


  • Jigyasa media

थप