Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल

  •   २ वर्ष अघि | १३ कार्तिक २०८१, मङ्लबार

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ।


यसअघि आइतबार राति भएको पहिलो खेलमा नेपाल अमेरिका विरुद्ध ३ विकेटले पराजित भएको थियो। लिग-२ को अंक तालिकामा नेपालले हालसम्म खेलेका ९ खेलमा केवल १ जित हात पार्दै ३ अंक जोडेको छ, जसका कारण तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। यसै क्रममा अमेरिका १० खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ८ खेलबाट ११ अंकसहित चौथो स्थानमा रहेको छ।


लिग-२ प्रतियोगितामा नेपालसँगै क्यानडा, अमेरिका, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान, र युनाइटेड अरब इमिरेट्स (यूएई) पनि प्रतिस्पर्धामा

छन्।


  • Jigyasa media

थप