Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

भारत न्युजिल्यान्डविरुद्ध ४६ रनमा अल आउट

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

बैंगलोर । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको पहिलो पारी ४६ रनमा सिमित भएको छ। घरेलु टोलीले टस जितेर ब्याटिङ थालेको थियो, तर ३१.२ ओभर खेल्दै सबै विकेट गुमायो। भारतका पाँच प्रमुख ब्याट्सम्यानले खाता खोल्न सकेनन्। विकेटकिपर ऋषभ पन्तले सर्वाधिक २० रन बनाए भने यशस्वी जैसवालले १३ रन जोडे।

न्युजिल्यान्डका म्याट हेनरीले ५ विकेट लिंदै घातक बलिङ प्रदर्शन गरे, जबकि विलियम ओरोर्कले ४ र टिम साउथीले १ विकेट लिए। अन्य भारतीय खेलाडीहरू विराट कोहली, सरफराज खान, केएल राहुल, रवीन्द्र जडेजा, र रविचन्द्रन अश्विन शून्यमा आउट भए। कप्तान रोहित शर्माले २, कुलदीप यादवले २, जसप्रित बुमराहले १ र मोहम्मद सिराजले ४ रन बनाएका थिए।

यो तीन टेस्ट खेलको शृङ्खलाको पहिलो खेल हो, जुन बिहीबारदेखि बैंगलोरमा सुरु भएको छ।


  • Jigyasa media

थप