Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

भारत न्युजिल्यान्डविरुद्ध ४६ रनमा अल आउट

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

बैंगलोर । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको पहिलो पारी ४६ रनमा सिमित भएको छ। घरेलु टोलीले टस जितेर ब्याटिङ थालेको थियो, तर ३१.२ ओभर खेल्दै सबै विकेट गुमायो। भारतका पाँच प्रमुख ब्याट्सम्यानले खाता खोल्न सकेनन्। विकेटकिपर ऋषभ पन्तले सर्वाधिक २० रन बनाए भने यशस्वी जैसवालले १३ रन जोडे।

न्युजिल्यान्डका म्याट हेनरीले ५ विकेट लिंदै घातक बलिङ प्रदर्शन गरे, जबकि विलियम ओरोर्कले ४ र टिम साउथीले १ विकेट लिए। अन्य भारतीय खेलाडीहरू विराट कोहली, सरफराज खान, केएल राहुल, रवीन्द्र जडेजा, र रविचन्द्रन अश्विन शून्यमा आउट भए। कप्तान रोहित शर्माले २, कुलदीप यादवले २, जसप्रित बुमराहले १ र मोहम्मद सिराजले ४ रन बनाएका थिए।

यो तीन टेस्ट खेलको शृङ्खलाको पहिलो खेल हो, जुन बिहीबारदेखि बैंगलोरमा सुरु भएको छ।


  • Jigyasa media

थप