Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

काभा यू-२० भलिबल: तुर्कमिनिस्तानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा

  •   २ वर्ष अघि | २५ असोज २०८१, शुक्रबार

२५ असोज, काठमाडौं। श्रीलंकाको कोलम्बोमा जारी काभा यू-२० पुरुष भलिबल प्रतियोगितामा नेपालले तुर्कमिनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

शुक्रबार सम्पन्न खेलमा नेपालले तुर्कमिनिस्तानलाई २५-१४, २५-२१, २५-२० को सहज जित निकाल्यो। पाँचमध्ये तीन खेल जित्दै नेपालले १० अंकका साथ शीर्ष दुई टोलीमा परेर फाइनलमा स्थान बनाएको मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिए।

यसअघि नेपालले श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सेटले पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ को संघर्षपूर्ण हार बेहोरेको थियो ।


  • Jigyasa media

थप