Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

काभा यू-२० भलिबल: तुर्कमिनिस्तानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा

  •   २ वर्ष अघि | २५ असोज २०८१, शुक्रबार

२५ असोज, काठमाडौं। श्रीलंकाको कोलम्बोमा जारी काभा यू-२० पुरुष भलिबल प्रतियोगितामा नेपालले तुर्कमिनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

शुक्रबार सम्पन्न खेलमा नेपालले तुर्कमिनिस्तानलाई २५-१४, २५-२१, २५-२० को सहज जित निकाल्यो। पाँचमध्ये तीन खेल जित्दै नेपालले १० अंकका साथ शीर्ष दुई टोलीमा परेर फाइनलमा स्थान बनाएको मुख्य प्रशिक्षक रमेश केसीले जानकारी दिए।

यसअघि नेपालले श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सेटले पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ को संघर्षपूर्ण हार बेहोरेको थियो ।


  • Jigyasa media

थप