Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

हसन नवाजको ऐतिहासिक शतक: ४४ बलमै टी-२० क्रिकेटमा नयाँ कीर्तिमान

  •   १ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

काठमाण्डौ

अकल्यान्डमा जारी पाकिस्तान र न्युजिल्यान्डबीचको टी-२० शृंखलाको तेस्रो खेलमा पाकिस्तानका हसन नवाजले विस्फोटक ब्याटिङ गर्दै ४४ बलमै शतक प्रहार गरी नयाँ इतिहास रचेका छन्।

नवाजको अविश्वसनीय प्रदर्शनकै कारण पाकिस्तानले यो खेल ९ विकेटले आफ्नो पक्षमा पार्न सफल भयो। यससँगै, उनी पाकिस्तानका लागि टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन्। यसअघि यो रेकर्ड पाकिस्तानका पूर्व कप्तान बाबर आजमको नाममा थियो।

यस खेलमा नवाजले ४५ बलमा १०५ रनको विस्फोटक इनिङ खेले, जसले पाकिस्तानलाई सहज जित दिलायो। पाँच खेलको शृंखलामा न्युजिल्यान्डले पहिला दुई खेल जितेको थियो, भने पाकिस्तानले तेस्रो खेल जित्दै शृंखला रोमाञ्चक बनाएको छ।


  • Jigyasa media

थप