Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

हसन नवाजको ऐतिहासिक शतक: ४४ बलमै टी-२० क्रिकेटमा नयाँ कीर्तिमान

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

काठमाण्डौ ।

अकल्यान्डमा जारी पाकिस्तान र न्युजिल्यान्डबीचको टी-२० शृंखलाको तेस्रो खेलमा पाकिस्तानका हसन नवाजले विस्फोटक ब्याटिङ गर्दै ४४ बलमै शतक प्रहार गरी नयाँ इतिहास रचेका छन्।

नवाजको अविश्वसनीय प्रदर्शनकै कारण पाकिस्तानले यो खेल ९ विकेटले आफ्नो पक्षमा पार्न सफल भयो। यससँगै, उनी पाकिस्तानका लागि टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन्। यसअघि यो रेकर्ड पाकिस्तानका पूर्व कप्तान बाबर आजमको नाममा थियो।

यस खेलमा नवाजले ४५ बलमा १०५ रनको विस्फोटक इनिङ खेले, जसले पाकिस्तानलाई सहज जित दिलायो। पाँच खेलको शृंखलामा न्युजिल्यान्डले पहिला दुई खेल जितेको थियो, भने पाकिस्तानले तेस्रो खेल जित्दै शृंखला रोमाञ्चक बनाएको छ।


  • Jigyasa media

थप