Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

आईपीएल २०२५ को उद्घाटन खेलमा आरसीबीको विजयी सुरुवात

  •   १ वर्ष अघि | १० चैत्र २०८१, आइतवार

काठमाण्डौ ।इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई पराजित गर्दै सिजनको उत्कृष्ट सुरुवात गरेको छ।

शनिबार कोलकाताको इडन गार्डेनमा भएको खेलमा आरसीबीले केकेआरलाई ७ विकेटको फराकिलो अन्तरले हराएको हो।

टस जितेर पहिला बलिङ रोजेको आरसीबीलाई केकेआरले १७५ रनको लक्ष्य दिएको थियो। कोलकाताका कप्तान अजिंक्य रहाणेले अर्धशतक प्रहार गर्दै ५६ रन जोडेका थिए भने सुनील नारिनले २६ बलमा ४४ रन बनाए।

लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आरसीबीका लागि फिल साल्टले ३१ बलमा ५६ रन, विराट कोहलीले ३६ बलमा ५९ रन तथा कप्तान रजत पाटीदारले १६ बलमा आक्रामक ३४ रन बनाए। आरसीबीले १६.२ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

बलिङतर्फ आरसीबीका क्रुणाल पाण्ड्याले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। यो जितसँगै आरसीबीले सिजनमा विजयी सुरुवात

गरेको छ।


  • Jigyasa media

थप