Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

आईपीएल २०२५ को उद्घाटन खेलमा आरसीबीको विजयी सुरुवात

  •   २ वर्ष अघि | १० चैत्र २०८१, आइतवार

काठमाण्डौ ।इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई पराजित गर्दै सिजनको उत्कृष्ट सुरुवात गरेको छ।

शनिबार कोलकाताको इडन गार्डेनमा भएको खेलमा आरसीबीले केकेआरलाई ७ विकेटको फराकिलो अन्तरले हराएको हो।

टस जितेर पहिला बलिङ रोजेको आरसीबीलाई केकेआरले १७५ रनको लक्ष्य दिएको थियो। कोलकाताका कप्तान अजिंक्य रहाणेले अर्धशतक प्रहार गर्दै ५६ रन जोडेका थिए भने सुनील नारिनले २६ बलमा ४४ रन बनाए।

लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आरसीबीका लागि फिल साल्टले ३१ बलमा ५६ रन, विराट कोहलीले ३६ बलमा ५९ रन तथा कप्तान रजत पाटीदारले १६ बलमा आक्रामक ३४ रन बनाए। आरसीबीले १६.२ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

बलिङतर्फ आरसीबीका क्रुणाल पाण्ड्याले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। यो जितसँगै आरसीबीले सिजनमा विजयी सुरुवात

गरेको छ।


  • Jigyasa media

थप