Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

आईपीएल २०२५: लखनउको पहिलो जित, हैदराबादलाई ५ विकेटले हरायो

  •   २ वर्ष अघि | १४ चैत्र २०८१, बिहिबार

काठमाडौं, चैत १५ – निकोलस पूरन र मिचेल मार्शको उत्कृष्ट ब्याटिङ प्रदर्शनसँगै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित दर्ता गरेको छ।

बिहीबार सम्पन्न खेलमा लखनउले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्‍यो। १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

लखनउका लागि पूरनले २६ बलमा ६ चौका र ६ छक्कासहित ७० रन बनाए, भने मार्शले ३१ बलमा ७ चौका र २ छक्कासहित ५२ रनको योगदान दिए। अब्दुल समद २२ रनमा अविजित रहे, जबकि डेभिड मिलरले १३ रन जोडे। कप्तान रिषभ पन्तले १५ रन बनाए।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको योगफल तयार पारेको थियो। टोलीका लागि ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए, भने अनिकेत वर्माले ३६ र नितिश रेड्डीले ३२ रनको योगदान दिए।

बलिङतर्फ लखनउका शार्दुल ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। आवेश खान, रवि विश्नोई, दिग्वेश राथी र प्रिन्स यादवले समान १-१ विकेट झारे।

यो जितसँगै लखनउले २ खेलबाट २ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। हैदराबादको पनि समान खेलबाट समान अंक भए पनि नेट रन रेटको आधारमा छैटौं स्थानमा छ।


  • Jigyasa media

थप