Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

मंगोलिया टी-२० विश्वकप एशिया क्वालिफायरमा १० रनमै अल आउट, सिंगापुरविरुद्ध लज्जास्पद हार

  •   २ वर्ष अघि | २० भदौ २०८१, बिहिबार

काठमाडौं । टी-२० विश्वकपको एशिया क्वालिफायर अन्तर्गत भएको खेलमा मंगोलिया सिंगापुरविरुद्ध केवल १० रनमै अल आउट भएको छ। बिहीबार सम्पन्न खेलमा मंगोलियाले १० ओभरमा मात्र १० रन बनाएको थियो।

मंगोलियाका पाँच खेलाडी डक आउट भए भने २ खेलाडीले २-२ रन मात्र बनाएका थिए। अतिरिक्त २ रनसहित चार खेलाडीले १-१ रन जोड्न सके। मंगोलियाको कमजोर ब्याटिङ लाइनअपलाई ध्वस्त गर्ने क्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिए।

११ रनको लक्ष्य पछ्याएको सिंगापुरले मात्र ५ बलमा एक विकेट गुमाएर सहजै खेल जित्यो। 

यस खेलसँगै मंगोलिया टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ। यसअघि आइल अफ म्यानले स्पेनविरुद्ध १० रन मात्र बनाएको थियो। 

मंगोलियाको लागि यो वर्ष लज्जास्पद प्रदर्शन जारी छ। यसअघि मंगोलियाले जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन मात्र बनाएको थियो, जसले यो वर्ष मंगोलियाको तीन पटक कम स्कोर बनाउने सूचीमा परेको छ।

  • Jigyasa media

थप