Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

मंगोलिया टी-२० विश्वकप एशिया क्वालिफायरमा १० रनमै अल आउट, सिंगापुरविरुद्ध लज्जास्पद हार

  •   २ वर्ष अघि | २० भदौ २०८१, बिहिबार

काठमाडौं । टी-२० विश्वकपको एशिया क्वालिफायर अन्तर्गत भएको खेलमा मंगोलिया सिंगापुरविरुद्ध केवल १० रनमै अल आउट भएको छ। बिहीबार सम्पन्न खेलमा मंगोलियाले १० ओभरमा मात्र १० रन बनाएको थियो।

मंगोलियाका पाँच खेलाडी डक आउट भए भने २ खेलाडीले २-२ रन मात्र बनाएका थिए। अतिरिक्त २ रनसहित चार खेलाडीले १-१ रन जोड्न सके। मंगोलियाको कमजोर ब्याटिङ लाइनअपलाई ध्वस्त गर्ने क्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिए।

११ रनको लक्ष्य पछ्याएको सिंगापुरले मात्र ५ बलमा एक विकेट गुमाएर सहजै खेल जित्यो। 

यस खेलसँगै मंगोलिया टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ। यसअघि आइल अफ म्यानले स्पेनविरुद्ध १० रन मात्र बनाएको थियो। 

मंगोलियाको लागि यो वर्ष लज्जास्पद प्रदर्शन जारी छ। यसअघि मंगोलियाले जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन मात्र बनाएको थियो, जसले यो वर्ष मंगोलियाको तीन पटक कम स्कोर बनाउने सूचीमा परेको छ।

  • Jigyasa media

थप