Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नेपाल आज महिला एसिया कप क्रिकेटमा भारतसँग खेल्दै

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

काठमाडौँ – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ। खेल श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ।


सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नैपर्ने दबाब छ। पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।


समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अंक छन्। भारतले २ खेल जितिसकेको छ भने यूएई २ खेलमा पराजित भएको छ। 


नेपालका खेलाडीहरू आजको खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छन्, जबकि भारतको बलियो टोलीसँग सामना गर्नु चुनौतीपूर्ण रहनेछ। 


आजको खेलको नतिजा नेपालका लागि निकै महत्वपूर्ण हुनेछ, जसले टोलीको आगामी यात्रा तय गर्नेछ। 


  • Jigyasa media

थप