Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

२०८२ साल जेठ २० गते, मंगलबारको दैनिक राशिफल

  •   १ वर्ष अघि | २० जेष्ठ २०८२, मङ्लबार

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मबल बढ्नेछ। रोकिएका कामहरू बन्ने सम्भावना छ। पारिवारिक साथ सहयोग मिल्नेछ। तर तिक्ततापूर्ण विवादमा नफस्नु होला।

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

भावनामा बहिनु हुँदैन। आर्थिक क्षेत्रमा सोचेर खर्च गर्नुपर्ला। आफ्ना विचार स्पष्ट रूपमा व्यक्त गरे मात्र काम बन्नेछ।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक लाभको सम्भावना। व्यापारमा नयाँ प्रस्ताव आउन सक्छ। प्रेम र सम्बन्धमा न्यानोपन कायम रहला।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मानसिक चञ्चलता बढ्न सक्छ। विचार मिलाउने प्रयास गर्नुहोस्। आफन्तसँग असमझदारी हुनसक्छ, धैर्य अपनाउनु राम्रो।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उत्साह र जोश बढ्नेछ। नयाँ योजना सुरु गर्ने समय हो। मान–सम्मान प्राप्त हुने देखिन्छ।

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

परिश्रमले फल दिनेछ। अध्ययन–अध्यापन वा अनुसन्धानमा संलग्न हुनु लाभदायी रहला। स्वास्थ्यमा सन्तुलन राख्नु पर्छ।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

वाणीको प्रभाव बढ्नेछ। साना कुराले ठूला परिवर्तन ल्याउन सक्छन्। भावुक निर्णय नगर्नु नै हितकर हुनेछ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक समर्थन मिल्नेछ। वैवाहिक जीवनमा सौहार्द बढ्नेछ। आम्दानीका स्रोत पनि खुल्ने समय छ।

♐ धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

शारीरिक थकान बढ्न सक्छ। अत्यधिक कामको चापले अलमल ल्याउन सक्छ। ध्यान र विश्राम आवश्यक हुनेछ।

♑ मकर (भो, ज, जी, खि, खु, खे, खो, ग, गा)

सृजनात्मक काममा सफलता मिल्नेछ। मान–सम्मान बढ्नेछ। प्रेम जीवनमा सकारात्मक ऊर्जा देखिन्छ।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आर्थिक मामिलामा सतर्कता आवश्यक। मोलमोलाइ गर्दा होसियार हुनुहोस्। मित्रबाट मद्दत पाउने सम्भावना।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सकारात्मक सोच राख्नुहोस्। धार्मिक आस्थामा वृद्धि हुनेछ। यात्रा वा कामका शृंखलामा सफलता पाइनेछ।

  • Jigyasanepal

थप