Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ जेठ ७ गते बुधबारको राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ७ जेष्ठ २०८२, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मबल र जोश उच्च रहनेछ। परिश्रम अनुसार सफलता मिल्नेछ। तर अनावश्यक बहस वा विवादबाट टाढा रहनु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक सहयोग मिल्नेछ। जग्गाजमिन वा घरको विषयमा निर्णय लिने समय उपयुक्त देखिन्छ। खर्च भने बढ्न सक्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दौडधुप र कामको चाप बढ्नेछ। छोटो यात्रा सफल बन्नेछ। साथीभाइको सहयोगले अधुरा काम पूरा गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काममा हात हाल्नुअघि सोचविचार गर्नुहोस। आर्थिक पक्ष सामान्य रहला। मानसिक तनाव हुनसक्ने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहस र आत्मविश्वास बढ्नेछ। पद, प्रतिष्ठा र मानसम्मान बढ्नेछ। शुभ समाचार सुन्न पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ लेखाइमा सफलता मिल्नेछ। नयाँ योजना बनाउन उपयुक्त दिन। प्रेम सम्बन्धमा विश्वासको खाँचो हुनसक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक कारोबारमा सजगता अपनाउनु होला। आत्मबल घट्न सक्छ। परिश्रमबाट मात्र लक्ष्य प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वाणीमा मिठास रहनाले काम सहज बन्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। पुरानो समस्या हल हुनसक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढ, भे)
धनलाभका सम्भावना छन्। स्वास्थ्यमा सुधार देखिनेछ। दाजुभाइ वा साथीसँग सम्बन्ध सुधार हुनेछ।

मकर (भो, ज, जी, खि, खु, खे, खो, गा, गि)
सामाजिक र पारिवारिक काममा व्यस्त रहने दिन। मान्यजनको सहयोगले फाइदा मिल्नेछ। नयाँ सम्पर्क बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन चञ्चल हुनसक्छ, निर्णयमा हतार नगर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रा स्थगन गर्नु बुद्धिमानी होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कला, संगीत वा रचनात्मक क्षेत्रमा लाग्नेहरूका लागि शुभ समय। प्रेम प्रस्ताव सफल बन्न सक्छ। आर्थिक पक्ष सुदृढ बन्नेछ।

– शुभ दिनको शुभकामना!

  • Jigyasanepal

थप