Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

२०८२ जेठ ७ गते बुधबारको राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आत्मबल र जोश उच्च रहनेछ। परिश्रम अनुसार सफलता मिल्नेछ। तर अनावश्यक बहस वा विवादबाट टाढा रहनु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक सहयोग मिल्नेछ। जग्गाजमिन वा घरको विषयमा निर्णय लिने समय उपयुक्त देखिन्छ। खर्च भने बढ्न सक्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दौडधुप र कामको चाप बढ्नेछ। छोटो यात्रा सफल बन्नेछ। साथीभाइको सहयोगले अधुरा काम पूरा गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काममा हात हाल्नुअघि सोचविचार गर्नुहोस। आर्थिक पक्ष सामान्य रहला। मानसिक तनाव हुनसक्ने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहस र आत्मविश्वास बढ्नेछ। पद, प्रतिष्ठा र मानसम्मान बढ्नेछ। शुभ समाचार सुन्न पाइनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ लेखाइमा सफलता मिल्नेछ। नयाँ योजना बनाउन उपयुक्त दिन। प्रेम सम्बन्धमा विश्वासको खाँचो हुनसक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक कारोबारमा सजगता अपनाउनु होला। आत्मबल घट्न सक्छ। परिश्रमबाट मात्र लक्ष्य प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वाणीमा मिठास रहनाले काम सहज बन्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। पुरानो समस्या हल हुनसक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढ, भे)
धनलाभका सम्भावना छन्। स्वास्थ्यमा सुधार देखिनेछ। दाजुभाइ वा साथीसँग सम्बन्ध सुधार हुनेछ।

मकर (भो, ज, जी, खि, खु, खे, खो, गा, गि)
सामाजिक र पारिवारिक काममा व्यस्त रहने दिन। मान्यजनको सहयोगले फाइदा मिल्नेछ। नयाँ सम्पर्क बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन चञ्चल हुनसक्छ, निर्णयमा हतार नगर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रा स्थगन गर्नु बुद्धिमानी होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कला, संगीत वा रचनात्मक क्षेत्रमा लाग्नेहरूका लागि शुभ समय। प्रेम प्रस्ताव सफल बन्न सक्छ। आर्थिक पक्ष सुदृढ बन्नेछ।

– शुभ दिनको शुभकामना!

  • Jigyasanepal

थप