Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

जेठ ३ गते, शनिबार २०८४ सालको राशिफल हेर्नुहोस्

  •   १ वर्ष अघि | २ जेष्ठ २०८२, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यापार व्यवसायमा लाभ हुने संकेत छ। आत्मबल र आत्मविश्वास बढ्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आर्थिक पक्ष सुदृढ बन्नेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा न्यानोपन बढ्नेछ। स्वादिलो खानपानको योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कानुनी वा प्रशासनिक काममा सफलता मिल्नेछ। साथीभाइको सहयोग पाइन सक्छ। तडकभडक नगर्नु हितकर हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन सोचेर मात्र निर्णय लिनु उपयुक्त हुनेछ। खर्च बढ्ने देखिन्छ। आत्मनिरीक्षणमा लागेमा लाभ हुनेछ। शत्रुबाट सतर्क रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)पुराना साथीभाइसँग भेटघाट हुनेछ। आर्थिक उन्नति तथा लाभदायक समाचार प्राप्त हुने सम्भावना छ। पारिवारिक समृद्धि बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मान्यजन तथा वरिष्ठको सहयोग प्राप्त हुनेछ। नेतृत्व गर्ने अवसर मिल्नेछ। सम्मान प्राप्त हुने समय हो। पारिवारिक निर्णयमा सहभागिता रहनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)विद्यार्थी तथा शोधकर्ताका लागि समय अनुकूल छ। यात्राको योग छ। धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ अवसर हात लाग्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) संयम र धैर्य अपनाउनु पर्ने समय छ। भावनामा बहिएर निर्णय लिंदा हानि हुन सक्छ। स्वास्थ्यमा सतर्कता आवश्यक छ। ऋण लिने वा दिने कार्य टार्नु राम्रो।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)साझेदारीका काममा सफलता मिल्नेछ। वैवाहिक जीवनमा सुधार देखिन्छ। शुभ समाचार प्राप्त हुन सक्छ। व्यवसायिक विस्तारको योजना बन्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नौकरीपेशा व्यक्तिहरूका लागि पदोन्नतिको संकेत देखिन्छ। कार्यक्षेत्रमा नाम र सम्मान प्राप्त हुने समय हो। नयाँ अवसरले हर्षित बनाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शिक्षा, प्रतियोगिता र सृजनात्मक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। धार्मिक कार्यमा सक्रियता देखिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) विवाद वा झमेलाबाट टाढा रहनु राम्रो। खर्चमा नियन्त्रण राख्नु पर्ने समय छ। घरपरिवारमा सामान्य असमझदारी हुन सक्छ। संयमित भएर अघि बढ्नुहोस्।

  • Jigyasanepal

थप