मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धेरै प्रयासपछि मात्र कामहरू सम्पन्न हुनेछन्। दाम्पत्य सम्बन्धमा अलि असमझदारी बढ्न सक्छ। संयमित बोलचालले स्थिति सम्हाल्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सहयोग मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। नयाँ योजना बनेमा त्यसलाई कार्यान्वयन गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। मानसिक शान्ति मिल्नेछ। यात्रा गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। खर्चमा नियन्त्रण आवश्यक छ। बोल्दा वा निर्णय गर्दा विचार पुर्याउनुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुराना योजना कार्यान्वयन हुनेछन्। पारिवारिक वातावरण सुखद रहनेछ। जागिरे वर्गलाई नयाँ अवसर मिल्ने सम्भावना।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक क्षेत्रबाट फाइदा मिल्नेछ। व्यापारमा राम्रै लाभ हुनेछ। प्रेम सम्बन्धमा सकारात्मक मोड आउने सम्भावना।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक पक्षमा सामान्य दबाव देखिन सक्छ। पुराना मित्रसँग भेटघाट हुनेछ। विवेक प्रयोग गर्दा फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तजनसँग मनमुटाव हुन सक्ने सम्भावना। योजनाबद्ध रूपमा अगाडि बढेमा लक्ष्यमा पुग्न सकिनेछ। यात्रा टार्नु राम्रो।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे) दिन सामान्य रहनेछ। कानुनी वा प्रशासनिक काममा सफलता मिल्नेछ। साथीभाइबाट सहयोग पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) काममा ढिलासुस्ती देखिन सक्छ। मन थकित भएजस्तो लाग्न सक्छ। आत्मबल र धैर्यका साथ अघि बढ्नु होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रेम र मित्रताको बन्धन बलियो हुनेछ। विद्या र ज्ञानको क्षेत्रबाट लाभ मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ काम थाल्न उपयुक्त समय हो। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ।
-
Jigyasanepal