मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सामाजिक तथा पारिवारिक सहयोग मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। स्वास्थ्यमा सुधार देखिनेछ। नयाँ कामको थालनीमा आत्मविश्वास वृद्धि हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कुनै नयाँ कामको सुरुवात गर्दा राम्रो समय छ। पारिवारिक सुख प्राप्त हुनेछ। यात्राको सम्भावना छ। आत्मविश्वास बढ्नेछ, तर स्वास्थ्यमा ध्यान दिनुपर्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक वा सामाजिक कार्यमा मन जानेछ। मित्रजनको सहयोग मिल्नेछ। आर्थिक लाभको सम्भावना छ, तर वैदेशिक काममा झमेला आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो परिश्रमले सफलताको मार्ग प्रशस्त हुनेछ। नयाँ स्रोतबाट आम्दानीको सम्भावना छ। पारिवारिक सुख शान्ति मिल्नेछ। स्वास्थ्य सामान्य रहला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यावसायिक गतिविधिमा सफलता मिल्नेछ। सम्मान र प्रतिष्ठा बढ्नेछ। नयाँ जिम्मेवारी हात लाग्नेछ। स्वास्थ्यमा ध्यान दिनुपर्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पुरानो समस्या हल हुने समय आएको छ। व्यापारमा सफलता मिल्नेछ। पारिवारिक सहयोगले काम अगाडि बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। नयाँ व्यक्तिसँग भेटघाटले मन प्रसन्न बनाउनेछ। परिवारमा रमाइलो माहोल रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै सोचेका कामहरू सफल हुनेछन्। घरायसी सुखमा वृद्धि हुनेछ। यात्रा हुन सक्छ। स्वास्थ्यमा सुधार देखिनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो क्षेत्रमा विशेष सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनेछ। नयाँ अवसरले जीवनमा परिवर्तन ल्याउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक क्रियाकलापमा मन जानेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। शान्त मनले निर्णय गर्दा सफल भइनेछ। नयाँ स्रोतबाट आम्दानीको सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन र व्यवसायमा सफलता मिल्नेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ जिम्मेवारी हात पर्नेछ। व्यापारमा लाभ मिल्नेछ। यात्रा सफल हुनेछ। पुराना समस्याहरू हल हुनेछन्। स्वास्थ्य राम्रो रहनछ ।
शुभ दिन प्रिय पाठकवृन्द
- Jigyasa media