Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईँको आजको दिन कस्तो रहला ? हेर्नुहोस् राशीफल

कार्तिक ५ गते, सोमबार, २०८१

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आर्थिक पक्ष सुदृढ रहनेछ। नयाँ जिम्मेवारी मिल्नेछ भने व्यक्तिगत र व्यावसायिक योजनाहरू कार्यान्वयन हुनेछन्। पारिवारिक सहयोगले थप उर्जा मिल्नेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

तपाईंको मनोबल उच्च हुनेछ। ठूला निर्णयहरू गर्ने समय छ। तर, लापरवाहीले समस्या निम्त्याउन सक्छ, त्यसैले विवेक प्रयोग गर्नुपर्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आर्थिक फाइदा हुने कामहरूमा लागिपर्ने समय हो। नयाँ अवसरहरू प्राप्त हुनेछन्। प्रेम र वैवाहिक जीवनमा सन्तुष्टि प्राप्त हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बाहिरी कामले बढी समय लिनेछ, तर उपलब्धि पनि राम्रो हुनेछ। शारीरिक थकानले स्वास्थ्यमा असर पर्न सक्छ, ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शिक्षा र प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। छोटो यात्रा फलदायी हुनसक्छ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आफन्त र साथीभाइको साथले खुशी मिल्नेछ। रोकिएका कामहरू अघि बढ्नेछन्। व्यापारिक निर्णयमा सतर्क रहनुहोस्, नाफा कम हुने सम्भावना छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक लाभ हुने सम्भावना छ। घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सकिनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनावश्यक खर्चले तनाव बढ्न सक्छ। पारिवारिक जिम्मेवारी पूरा गर्न गाह्रो हुनेछ। भावनामा बगेर निर्णय नगर्नुहोस्।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

व्यावसायिक क्षेत्रमा प्रगति हुने समय हो। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। साथीभाइको सहयोगले सफलता मिल्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धन प्राप्तिको सम्भावना छ। नयाँ काम सुरु गर्न उपयुक्त समय छ। पारिवारिक झमेलामा नअल्झनु होला।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पढाइमा ध्यान केन्द्रित गर्नुपर्नेछ। अनावश्यक कुरामा समय खर्चनु हुँदैन। स्वास्थ्यप्रति ध्यान दिनुहोस्, सवारीमा सतर्कता अपनाउनु होला।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आजको दिन आत्मविश्वासले भरिपूर्ण रहनेछ। व्यवसायमा लाभ मिल्नेछ। सानातिना यात्राहरू पनि हुनेछन्, तर स्वास्थ्यमा ध्यान दिनुहोस्।

शुभ दिन ।।


  • Jigyasa media

थप