Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

तपाईँको आजको दिन कस्तो रहला ? हेर्नुहोस् राशीफल

कार्तिक ५ गते, सोमबार, २०८१

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज आर्थिक पक्ष सुदृढ रहनेछ। नयाँ जिम्मेवारी मिल्नेछ भने व्यक्तिगत र व्यावसायिक योजनाहरू कार्यान्वयन हुनेछन्। पारिवारिक सहयोगले थप उर्जा मिल्नेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

तपाईंको मनोबल उच्च हुनेछ। ठूला निर्णयहरू गर्ने समय छ। तर, लापरवाहीले समस्या निम्त्याउन सक्छ, त्यसैले विवेक प्रयोग गर्नुपर्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आर्थिक फाइदा हुने कामहरूमा लागिपर्ने समय हो। नयाँ अवसरहरू प्राप्त हुनेछन्। प्रेम र वैवाहिक जीवनमा सन्तुष्टि प्राप्त हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बाहिरी कामले बढी समय लिनेछ, तर उपलब्धि पनि राम्रो हुनेछ। शारीरिक थकानले स्वास्थ्यमा असर पर्न सक्छ, ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शिक्षा र प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। छोटो यात्रा फलदायी हुनसक्छ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आफन्त र साथीभाइको साथले खुशी मिल्नेछ। रोकिएका कामहरू अघि बढ्नेछन्। व्यापारिक निर्णयमा सतर्क रहनुहोस्, नाफा कम हुने सम्भावना छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक लाभ हुने सम्भावना छ। घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सकिनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनावश्यक खर्चले तनाव बढ्न सक्छ। पारिवारिक जिम्मेवारी पूरा गर्न गाह्रो हुनेछ। भावनामा बगेर निर्णय नगर्नुहोस्।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

व्यावसायिक क्षेत्रमा प्रगति हुने समय हो। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। साथीभाइको सहयोगले सफलता मिल्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धन प्राप्तिको सम्भावना छ। नयाँ काम सुरु गर्न उपयुक्त समय छ। पारिवारिक झमेलामा नअल्झनु होला।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पढाइमा ध्यान केन्द्रित गर्नुपर्नेछ। अनावश्यक कुरामा समय खर्चनु हुँदैन। स्वास्थ्यप्रति ध्यान दिनुहोस्, सवारीमा सतर्कता अपनाउनु होला।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आजको दिन आत्मविश्वासले भरिपूर्ण रहनेछ। व्यवसायमा लाभ मिल्नेछ। सानातिना यात्राहरू पनि हुनेछन्, तर स्वास्थ्यमा ध्यान दिनुहोस्।

शुभ दिन ।।


  • Jigyasa media

थप