मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज ऊर्जा र उत्साहले भरिपूर्ण रहनुहुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। नयाँ कामको थालनीका लागि अनुकूल समय छ। यात्रामा विशेष सावधानी अपनाउनुहोस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवसायमा लाभको सम्भावना छ। आर्थिक पक्षमा सुधार आउनेछ। साथीभाइको सहयोगले नयाँ अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा चुनौती सामना गर्नुपर्ने समय छ। आत्मविश्वासका साथ अघि बढ्दा सफलता मिल्नेछ। पारिवारिक झमेलाबाट टाढा रहनु राम्रो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तसँग सम्बन्ध सुधार गर्ने समय हो। नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ। धनको व्यवस्थापनमा ध्यान दिनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुराना समस्या समाधान हुनेछन्। प्रेमसम्बन्धमा प्रगति हुनेछ। सकारात्मक सोचले नयाँ दिशा दिन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाईँको सिर्जनशीलता देखिने छ। अध्ययनमा रुचि बढ्नेछ। मान्यजनको सल्लाहबाट फाइदा हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन अशान्त रहन सक्छ। आर्थिक पक्ष कमजोर हुने सम्भावना छ। धैर्यताका साथ निर्णय लिनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धनार्जनका लागि अनुकूल समय छ। विदेशबाट सुखद समाचार प्राप्त हुन सक्छ। परिवारमा खुसीको वातावरण रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा सफलता प्राप्त हुनेछ। नयाँ योजना बनाउँदा सफलता मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)
सामाजिक काममा सहभागिता जनाउनु पर्नेछ। परोपकारी काममा रुचि बढ्नेछ। स्वास्थ्यप्रति सजग रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन निर्णयात्मक क्षमतामा सुधार आउनेछ। नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। यात्राको सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सन्तानको प्रगतिले खुसी बढ्नेछ। नयाँ अवसर प्राप्त हुनेछ। पुरानो लगानीबाट लाभ मिल्नेछ।
- पण्डित ज्योतिष दिनेश पाण्डे
📝 शुभ दिनको शुभकामना !
- Jigyasa media