मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा बिस्तारको योजना बन्नेछ। सानो प्रयासले ठूलो उपलब्धि हात लाग्नेछ। पारिवारिक सहयोग मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक पक्ष बलियो रहनेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। तर, कामको चापले शारीरिक थकान हुनेछ। नजिकको व्यक्तिसँग मनमुटाव हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुनै महत्वपूर्ण निर्णय लिनुपर्दा सजग हुनु पर्नेछ। धनको आगमन हुनेछ। प्रेम सम्बन्धमा माया र विश्वासको वातावरण बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरहरू प्राप्त हुनेछन्। तर, खर्च बढ्न सक्नेछ। काममा ध्यान केन्द्रित गर्नुपर्दा परिवारसँग समय बिताउन नसकिने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रा लाभदायक हुनेछ। बौद्धिक क्षेत्रका कार्यमा सफलता मिल्नेछ। कुनै महत्त्वपूर्ण व्यक्तिको भेट हुने योग छ। प्रेम सम्बन्धमा सुधार आउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज केही कठिनाइको सामना गर्नु पर्ला। तर, धैर्य र संयमले सफलता मिल्नेछ। साथीभाइको सहयोगबाट नयाँ काम अघि बढाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक पक्षमा सुधार आउनेछ। परिवारका सदस्यहरूसँग विवाद टाढा रहनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहयोग प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यप्रति ध्यान दिनु पर्नेछ। तर, परिश्रम गरे अनुसार लाभ पनि मिल्नेछ। अध्ययन वा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढा, भे)
अवसरहरू प्राप्त हुनेछन्। नयाँ जिम्मेवारी हात लाग्न सक्छ। यात्राको योजना बन्न सक्छ। प्रेम सम्बन्धमा चुनौती देखिन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा सम्मान पाउनु हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। प्रेमसम्बन्धमा सुधार आउनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा सफलताको संकेत छ। तर, सानातिना समस्या आउन सक्नेछन्। नयाँ कामको सुरुवात हुनेछ। पारिवारिक सहयोग मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। आर्थिक पक्षमा सन्तुलन राख्न सक्नु हुनेछ। घरपरिवार
मा खुसीको वातावरण हुनेछ।
शुभकामना!
- Jigyasa media