Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

पुष १२ गते, शुक्रवार, २०८१ को राशिफल

  •   २ वर्ष अघि | १२ पुस २०८१, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। नयाँ काम थालनी गर्दा आत्मबलले सहयोग पुर्याउनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शत्रु पक्ष कमजोर बन्नेछ। आर्थिक स्थिति सुदृढ हुनेछ। मन प्रसन्न रहनुका साथै मित्रसँग रमाइलो समय बित्नेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पारिवारिक जिम्मेवारीले समय लिनेछ। व्यावसायिक क्षेत्रमा केही चुनौती आउन सक्छ। नजिकको व्यक्तिबाट सहयोग पाउने दिन हो।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आत्मविश्वासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। वैदेशिक क्षेत्रबाट लाभ हुने सम्भावना छ। प्रेम सम्बन्ध सुदृढ हुनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शारीरिक थकान र मानसिक चिन्ताले सताउन सक्छ। अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ। आम्दानीमा कमी आउने सम्भावना छ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बौद्धिक क्षमताको प्रयोगले सफलता हात लाग्नेछ। रोकिएको कामले गति लिनेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धार्मिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। आर्थिक स्थिति सुदृढ हुनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा समस्या आउन सक्छ। विचारपूर्वक निर्णय लिनु राम्रो हुनेछ। नजिकका व्यक्तिबाट धोका हुन सक्छ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

पुराना समस्याको समाधान हुनेछ। यात्रामा सहजता हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामको क्षेत्रमा सफलता मिल्नेछ। नयाँ अवसरले उत्साह जगाउनेछ। परिवारको सहयोगले मनोबल उच्च रहनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफन्तको साथ र समर्थन पाउने दिन हो। व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सामाजिक प्रतिष्ठा बढ्नेछ। लेखन र कलामा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रसँगसम्बन्धित काममा सफलता मिल्नेछ।


दिन शुभ रहोस्!


  • Jigyasa media

थप