🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिश्रमले अपेक्षित नतिजा दिलाउनेछ। व्यापारमा नयाँ अवसर देखा पर्नेछ। यात्राबाट लाभ हुने सम्भावना छ। तर भावनामा बहिएर निर्णय नगर्नुहोला।
🔮 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक सुखमा बृद्धि हुनेछ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ बन्नेछ। साझेदारीको काममा विश्वास कायम राख्नुपर्ने दिन हो।
🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
श्रमले प्रतिस्फर्धा जित्न सकिनेछ। दाम्पत्य जीवनमा समझदारी कायम हुनेछ। खर्चको सन्तुलनमा ध्यान दिनुपर्ला। घरायसी विवाद समाधानतर्फ जान सक्छ।
🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सर्जनात्मक काममा सफलता मिल्नेछ। मित्रता प्रेममा परिणत हुनसक्छ। शेयर, लॉटरी वा सट्टेबाजीतर्फ लाग्नुभएका व्यक्तिहरूका लागि सामान्य दिन हो।
🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक कर्तव्यमा समय दिनुपर्ने हुन्छ। सरकारी वा प्रशासनिक काममा ढिलासुस्ती देखिन सक्छ। सानातिना स्वास्थ्य समस्याले दिन प्रभावित गर्न सक्छ।
🔮 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ। सानो यात्राबाट लाभ मिल्न सक्छ। साहित्य, संगीत वा कला क्षेत्रका व्यक्तिका लागि समय अनुकूल छ
🔮 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धनसम्बन्धी योजनामा सफलता मिल्नेछ। वैदेशिक योजनामा सफलता मिल्ने सम्भावना छ। भावनामा बहिनु ठीक हुने छैन।
🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यक्तिगत आत्मबल बढ्नेछ। प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ। वैवाहिक सम्बन्धमा सन्तुलन कायम राख्नुपर्ने दिन हो। व्यावसायिक पक्ष सामान्य रहला।
🔮 धनु (ये, यो, भ, भि, भू, ध, फा, ढ, भे)
अध्यात्म, ध्यान र सामाजिक सेवातर्फ आकर्षण बढ्न सक्छ। स्वास्थ्यमा अलि चनाखो हुनुपर्ने देखिन्छ। गोप्य कुरा गोप्य नै राख्नु बुद्धिमानी हुनेछ।
🔮 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइको सहयोग पाइनेछ। नयाँ योजनामा लगानी गर्दा लाभ मिल्नेछ। सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना छ। उत्सव वा भेटघाटको अवसर आउन सक्छ।
🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
काममा ध्यान दिनुपर्नेछ, नत्र आलोचना झेल्नुपर्ला। बोली र व्यवहारमा संयमता अपनाउनुहोस्। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।
🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शिक्षा र अध्ययनमा सफलता मिल्नेछ। लामो समयदेखि रोकिएको काम अघि बढ्नेछ। नसोचेको स्थानबाट लाभको संकेत देखिन्छ।
-
Jigyasanepal