Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

२०८२ साउन १२ गते सोमबार को राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ११ साउन २०८२, आइतवार

🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धार्मिक र सामाजिक काममा मन जानेछ। परिश्रमले सफलता मिल्ने दिन हो। कामको प्रशंसा पाइनेछ, तर खर्च बढ्न सक्छ।


🔮 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पारिवारिक जिम्मेवारी बढ्न सक्छ। आम्दानी सँगसँगै तनाव पनि आउन सक्छ। बोल्दा र निर्णय गर्दा सतर्क रहनुहोला।


🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आत्मबल र जोश बढ्नेछ। नयाँ योजना अघि बढाउन अनुकूल समय छ। मित्र र दाजुभाइको साथले आत्मबल बढ्नेछ।


🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धेरै कुरामा धैर्य आवश्यक छ। सामान्य विवादमा नअल्झिनुहोस्। टाढाको यात्रा वा सवारी गर्दा सावधानी अपनाउनुहोस्।


🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनोकाङ्क्षा पूरा हुने संकेत छन्। प्रेम, मित्रता र आर्थिक पक्ष सबल रहनेछ। कार्यस्थलमा सम्मान प्राप्त हुनेछ।


🔮 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार र काममा सावधानी आवश्यक छ। वाणीमा मधुरता ल्याउनुहोस। पुरानो समस्या दोहोरिन सक्छ।


🔮 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक सम्बन्ध सुधारिनेछ। पुराना मित्रसँग भेट हुने सम्भावना छ। अध्ययनमा प्रगति हुनेछ।


🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिनचाहिँ व्यस्त र केही थकाइलाग्दो रहन सक्छ। स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ। खानपानमा ध्यान दिनुहोला।


🔮 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

सौन्दर्य, प्रेम, सिर्जनात्मक काममा सफलता मिल्नेछ। नयाँ अवसर आउनेछ। भाग्यले राम्रो साथ दिनेछ।


🔮 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसायिक क्षेत्रबाट सन्तोषजनक लाभ मिल्नेछ। तर परिवारमा केही उल्झन आउन सक्छ, शान्त भएर समाधान गर्नुहोस।


🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साँझतिर लाभ हुने योग छ। अध्ययन र प्रविधिसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। यात्रामा सुभ संकेत।


🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धन खर्चमा विशेष ध्यान पुर्याउनुहोस्। प्रेम र सम्बन्धमा संकटकाल आउन सक्छ, सोचेर निर्णय गर्नुहोस।

  • Jigyasanepal

थप