मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन सक्रियता र लगनशीलताको दिन हो। नयाँ अवसरहरू प्राप्त हुनेछन्। आत्मविश्वासले काममा सफलता मिल्नेछ। तर, आर्थिक हिसाबले थोरै सतर्कता अपनाउनुहोस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभ समाचारले उत्साह जगाउनेछ। नयाँ सम्बन्धहरू सुरु हुने सम्भावना छ। अध्ययन, अध्यापन र परामर्शका काममा सफलता पाइनेछ। तर, भावनात्मक निर्णय गर्दा होसियार रहनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आत्मविश्वासमा वृद्धि हुनेछ। परिवार र साथीभाइको साथ पाउनु हुनेछ। नयाँ ठाउँमा भ्रमणको सम्भावना छ। तर, खानपानमा ध्यान दिनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक काममा ध्यान केन्द्रित हुनेछ। विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ। खर्च नियन्त्रण गर्नुहोस्। घरायसी कामले समय बढी जान सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसाय र आर्थिक क्षेत्रमा सुधार आउनेछ। साथीभाइ र परिवारसँग समय बिताउन पाउनुहुनेछ। प्रेम सम्बन्धमा प्रगति हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पुराना समस्या समाधान हुनेछन्। व्यावसायिक अवसरहरू प्राप्त हुनेछन्। तर, पुराना विवादहरूले तनाव दिन सक्छ। धैर्य गर्नुहोस्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक काम र सृजनात्मक गतिविधिमा सफलता मिल्नेछ। आर्थिक लाभ हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। तर, यात्रा गर्दा सतर्क रहनुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै जिम्मेवारी निभाउनुपर्ने समय छ। परिश्रमले नयाँ उपलब्धि दिलाउनेछ। पारिवारिक समस्या समाधान हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनोकामना पूरा हुने समय छ। वैदेशिक काममा प्रगति हुनेछ। लगानीका लागि अनुकूल समय हो। परिवारसँग मेलमिलाप हुने दिन हो।
मकर (भो,जा,जि,जु,ख,खि,खु,खे,खो)
तार्किक सोच र निर्णय क्षमताले सफलता दिलाउनेछ। व्यापारिक क्षेत्रमा वृद्धि हुनेछ। साथीभाइ र परिवारसँग सम्बन्ध प्रगाढ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सृजनात्मक काममा सफलता मिल्नेछ। घरायसी काममा ध्यान दिनुपर्ने समय छ। पुराना समस्याहरू समाधान हुनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्। कामका क्रममा सामान्य चुनौतीहरू आउन सक्छन्। तर, परिवारको सहयो
गले समस्या हल हुनेछ।
– तपाईंको दिन शुभ रहोस्!
- Jigyasa media