मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आत्मविश्वास बढ्नेछ र पुराना योजनाहरू कार्यान्वयन गर्न सहज हुनेछ। काममा प्रगति देखिनेछ र तपाईंले आफ्नो दक्षतामा सुधार गर्न सक्नुहुन्छ। आर्थिक लाभको सम्भावना छ तर खर्चको पनि ख्याल गर्नुपर्छ। परिवारसँग राम्रो समय बित्नेछ, तर स्वास्थ्यमा सामान्य ध्यान दिनु राम्रो हुन्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज केही अनावश्यक समस्याहरूको सामना गर्नुपर्ला। धैर्य र संयम राख्नुपर्ने दिन हो। आर्थिक पक्ष सामान्य रहनेछ, तर खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ। नयाँ कामको थालनी गर्दा सतर्क रहनुहोस्। पारिवारिक जिम्मेवारी बढ्नेछ र आत्मबलले मात्र समाधान निकाल्न सकिनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ अवसरले दिनलाई रोचक बनाउनेछ। काममा सफलताले थप उर्जा मिल्नेछ। पारिवारिक साथ र सहयोग प्राप्त हुनेछ। आफन्तसँग सम्बन्ध सुमधुर हुनेछ र सामूहिक कार्यमा सफलता मिल्नेछ। यात्रा र मनोरञ्जनको अवसर प्राप्त हुनेछ। स्वास्थ्य सबल रहने छ, तर खानपानमा ध्यान दिनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक पक्षमा सुधार आउनेछ र काममा सफलता मिल्नेछ। नयाँ अवसरहरूको खोजी गर्न सकिनेछ। पारिवारिक जीवन सुखद रहनेछ भने प्रेमसम्बन्धमा प्रगाढता आउने छ। आजको दिनले नयाँ ज्ञान र अनुभव दिनेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यमा प्रगति हुनेछ र नयाँ जिम्मेवारी वहन गर्नुपर्नेछ। साथीभाइसँगको सहकार्यले लाभ मिल्नेछ। घरायसी काममा ध्यान दिनु आवश्यक छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा ध्यान पुर्याउन आवश्यक छ, खासगरी थकान महसुस हुन सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन सृजनात्मक काममा समय बित्नेछ। परिवारका सदस्यहरूबीच आपसी सम्बन्ध मजबुत हुनेछ। नयाँ अवसरहरूको खोजीमा लाग्नु होला, तर निर्णय गर्दा सतर्क रहनुहोस्। मानसिक शान्ति मिल्नेछ र स्वास्थ्यमा सुधार आउने छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक लाभको दिन हो। नयाँ योजनाहरू सफल हुन सक्छन्। पारिवारिक जीवनमा खुसीको वातावरण रहला। वैदेशिक सम्बन्ध वा काममा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ, तर मानसिक शान्तिका लागि ध्यान गर्न सक्नुहुन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन तपाईंका लागि चुनौतीपूर्ण हुन सक्छ। व्यावसायिक काममा थोरै अवरोध आइलाग्न सक्छ। धैर्य राखेर काम गर्नुपर्छ। पारिवारिक मामिलामा ध्यान पुर्याउनु पर्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्, शारीरिक थकान र मानसिक चिन्ता रहन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन सन्तुलन राखेर अघि बढ्नुपर्छ। पारिवारिक जीवनमा समृद्धि आउनेछ। काममा सफलता मिल्नेछ, तर मानसिक दबाब रहनेछ। पुराना कामहरू पूरा गर्न ध्यान दिनुहोस्। स्वास्थ्य सामान्य रहन सक्छ, तर खानपानमा ध्यान दिनुहोस्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक लाभको दिन हो। काममा सफलता मिल्नेछ र साथीभाइसँग सहकार्य गरेर अघि बढ्दा सफलता प्राप्त हुनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ। प्रेमसम्बन्धमा सुधार आउनेछ। स्वास्थ्यमा सुधार आउने छ, तर मानसिक शान्तिका लागि ध्यान गर्न सक्नुहुन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कामको योजना बनाउने दिन हो। लामो समयदेखि प्रतीक्षित कुनै योजना सफल हुने छ। आर्थिक पक्षमा सुधार आउनेछ। जीवनसाथी वा परिवारसँग सम्बन्ध सुमधुर हुनेछ। स्वास्थ्य राम्रो रहने छ, तर खानपानमा ध्यान दिनुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ अवसरहरूको लाभ उठाउने समय आएको छ। व्यापारिक क्षेत्रमा बढोत्तरी हुनेछ र पुरानो समस्याको समाधान पाउनु हुनेछ। घरपरिवारमा सामंजस्यको वातावरण रहनेछ। मानसिक र शारीरिक स्वास्थ्यमा सुधार आउने छ, यात्रामा सतर्क रहनु होला।
शुभ दिन।।
- Jigyasa media