मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
नयाँ काम सुरु गर्ने अनुकूल समय छ। व्यवसायमा फाइदा हुनेछ। पारिवारिक सुख शान्ति मिल्नेछ। यात्रामा सावधानी अपनाउनुहोस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)
अर्थिक पक्ष सुधार हुँदै जानेछ। कुनै पुरानो समस्या समाधान हुने सम्भावना छ। प्रेम सम्बन्धमा सुधार आउला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सोचाइअनुसार काम गर्न सकिने दिन छ। प्रतिस्पर्धामा जित हासिल हुनेछ। स्वास्थ्यमा भने ध्यान दिनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्मबल बढ्नेछ। सन्तानका क्षेत्रमा सकारात्मक समाचार सुन्न पाइनेछ। साथीभाइको सहयोगले काम सम्पन्न हुने देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ। आर्थिक क्षेत्रमा सामान्य उतारचढाव हुन सक्छ। परिवारबाट सहयोग मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आध्यात्मिक चासो बढ्नेछ। लाभदायक यात्रा हुनेछ। रोकिएका काम पूरा हुनेछन्। प्रेम सम्बन्धमा नयाँ मोड आउन सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा सफलता मिल्नेछ। सामाजिक मानसम्मान बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। फाइदा हुने नयाँ अवसर प्राप्त होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा झन् व्यस्तता बढ्न सक्छ। निर्णय लिँदा परिवारसँग परामर्श गर्नुहोस्। स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
दैनिक काममा सहजता आउनेछ। व्यापारमा फाइदा हुनेछ। यात्रा गर्न अनुकूल समय छ। नयाँ ज्ञान हासिल गर्ने अवसर मिल्नेछ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
बितेका दिनका केही समस्या हल हुनेछन्। आर्थिक सुधारका संकेत छन्। अध्ययनमा ध्यान केन्द्रित गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक कार्यमा सहभागिता बढ्नेछ। नसोचेको लाभ मिल्न सक्छ। परिवारको माया र साथ पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विवाद टाढा राख्नुहोला। करियरमा सकारात्मक परिवर्तन हुनेछ। नयाँ अवसरहरूको खोजी गर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ।
शुभ दिन ।।
- Jigyasa media