मेष (चू, चे, चो, ला, ली, लू, ले, लो, अ)
आज सहयोगीहरूले साथ दिनेछन्। खर्च बढे पनि लाभको सम्भावना छ। यात्रामा ध्यान दिनुहोस् र स्वास्थ्यका मामिलामा सजग रहनुहोस्।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
आजको दिन भाग्यले साथ दिनेछ। रोकिएको काम पुनः सुरु हुन सक्छ। पारिवारिक जीवनमा सुखद समय व्यतीत हुनेछ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
आर्थिक मामिलामा सुधार आउनेछ। पारिवारिक समस्या हल हुँदै जानेछन्। पढाइमा एकाग्रता राख्न कठिनाइ भए पनि मित्रहरूबाट सहयोग मिल्नेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)
आत्मविश्वासले निर्णयमा सहजता मिल्नेछ। महत्वपूर्ण भेटघाटको सम्भावना छ। कुनै नयाँ कामको योजना बनाउन सफल भइनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
व्यापारिक लाभ बढ्नेछ। छोटो यात्रा सफल हुनेछ। निर्णय क्षमतामा सुधार आउनेछ र जीवनसाथीको साथ मिल्नेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
धेरै दिनदेखि अड्किएको काम पुनः सुरु हुनेछ। पारिवारिक जीवनमा सुखद वातावरण बनिरहनेछ। साथीहरूसँग समय बिताउन पाउनु हुनेछ।
तुला (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आजको दिन लाभदायक छ। नयाँ योजना सुरु गर्न उपयुक्त समय छ। व्यवसायमा लाभ मिल्नेछ, तर शारीरिक थकानको अनुभूति हुनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
धार्मिक काममा रुचि बढ्नेछ। पारिवारिक सौहार्दता कायम रहनेछ। पुराना साथीहरूसँग भेटघाट हुने सम्भावना छ।
धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
काममा सुधार आउनेछ। कुनै ठूलो जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो भावना र विचार व्यक्त गर्दा ध्यान दिनुहोस्।
मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आजको दिनमा स्वास्थ्यमा ध्यान दिनुहोस्। व्यापारिक दृष्टिले लाभको दिन हुनेछ। पारिवारिक साथ र सहयोग पाउनु हुनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
धेरै दिनदेखि रोकिएको काम पूरा हुनेछ। नयाँ व्यक्तिसँगको भेटघाटले फाइदा पुर्याउनेछ। मनमा सकारात्मक ऊर्जा रहनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पुराना योजना सफल हुनेछन्। पारिवारिक सहयोगले आत्मबल बढ्नेछ। रचनात्मक कार्यमा मन जानेछर दिन सुखद रहनेछ।
शुभ दिनको कामना !
- Jigyasa media