मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आत्मविश्वास बढ्नेछ। सामाजिक मान-प्रतिष्ठा उचाइमा पुग्नेछ। व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। अध्ययनमा पनि प्रगति हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धेरै मेहनत गर्दा पनि फलप्राप्तिमा ढिलाइ हुनेछ। अनावश्यक विवाद र खटपट हुने सम्भावना छ। धैर्यका साथ अघि बढ्नु राम्रो हुनेछ। यात्रामा ध्यान दिनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बिहानको समय सामान्य भए पनि दिन बित्दै जाँदा काममा सफलता मिल्नेछ। आर्थिक लाभ हुने योग छ। पारिवारिक साथ सहयोग प्राप्त हुनेछ। प्रेममा पनि सफलता मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन खर्च बढ्न सक्छ। स्वास्थ्यका हिसाबले सावधानी अपनाउनु राम्रो हुन्छ। नजिकका साथीभाइसँग मतभेद हुने सम्भावना छ। धैर्य गर्न सके राम्रो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारिक क्षेत्र लाभदायक रहनेछ। पारिवारिक वातावरणमा सुख शान्ति छाउनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। शुभ समाचार प्राप्तिको योग छ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन मेहनतको फल प्राप्त हुनेछ। नयाँ योजनाहरू अघि बढाउने अवसर मिल्नेछ। घरपरिवारमा सहयोगको वातावरण बनाउने समय हो। प्रेमसम्बन्धमा सुधार आउन सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक मान-प्रतिष्ठामा कमी आउने सम्भावना छ। नसोचेका समस्याहरू देखा पर्न सक्छन्। आर्थिक समस्याहरूले केही तनाव दिनेछ। धैर्यका साथ काम गर्नु उचित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन लाभको योग छ। पारिवारिक र सामाजिक सम्बन्धमा सुधार आउनेछ। यात्रा गर्ने योजना छ भने आज अनुकूल समय छ। साना व्यापारिक कामहरूमा सफलता मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभ कार्यमा मन जानेछ। व्यवसायिक क्षेत्रमा लाभ मिल्नेछ। पुराना समस्या समाधान हुनेछन्। पारिवारिक वातावरणमा खुसी छाउनेछ। प्रेममा नजिकको मानिसबाट समर्थन मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा मन लाग्नेछ। ज्ञान प्राप्तिमा राम्रो समय छ। शुभ समाचार प्राप्त हुने सम्भावना छ। व्यापार र व्यवसायिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा अलि चुनौतीको सामना गर्नुपर्नेछ। मान सम्मानमा गिरावट आउने सम्भावना छ। पारिवारिक मतभेद हुन सक्छ। धैर्यका साथ अघि बढ्नु राम्रो हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन रमाइलो हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेमसम्बन्ध सुदृढ हुनेछ। नयाँ कामको थालनी गर्न अनुकूल समय हो।
शुभ दिन ।।
- Jigyasa media