Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईँको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशीफल

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ कार्यको थालनी हुनेछ। आफन्तसँग भेटघाटले मन प्रसन्न हुनेछ। आर्थिक पक्ष बलियो रहनेछ। पारिवारिक सहयोगले कामहरू अघि बढ्नेछन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

यात्राको सम्भावना छ। घरपरिवारमा सुख-शान्ति कायम रहनेछ। आफन्तसँग सम्बन्ध सुधार गर्ने राम्रो समय छ। मानसिक सन्तुलन राख्नुपर्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सकारात्मक सोच राख्दा सफलता हात लाग्नेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। साथीभाइको सहयोगले जटिल कामहरू सम्पन्न हुनेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा मनग्य फाइदा हुनेछ। पारिवारिक सुख र सन्तुष्टि बढ्नेछ। व्यक्तिगत प्रगति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धैर्य र सहनशीलताले काममा सफलता मिल्नेछ। साथीभाइको सहयोगले काम बन्नेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुपर्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धेरै दिनदेखि रोकिएको काम सफलतापूर्वक सम्पन्न हुनेछ। पारिवारिक खुशी र सन्तुष्टि बढ्नेछ। आर्थिक लाभ हुने योग छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसायमा लाभ प्राप्त हुनेछ। आफन्तको साथ र सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। यात्रा सम्भावना छ, तर स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनोरञ्जनका अवसर प्राप्त हुनेछन्। प्रेम सम्बन्धमा प्रगति हुनेछ। जोखिमपूर्ण कार्यमा सहभागी नहुनु राम्रो हुनेछ। नोकरीमा प्रशंसा पाइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापारमा राम्रो नाफा हुनेछ। घरपरिवारमा आपसी सहयोग मिल्नेछ। यात्रामा रमाइलो हुने सम्भावना छ। पुराना मित्रसँग भेट हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)

बौद्धिक र सिर्जनात्मक कार्यमा प्रगति हुनेछ। आत्मविश्वासले कामहरू सम्पन्न गर्ने क्षमता प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक प्रतिष्ठा बढ्नेछ। काममा सफलता मिल्नेछ। साथीहरूसँग रमाइलो समय बित्नेछ। नोकरीमा मान-प्रतिष्ठा बढ्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सामाजिक तथा धार्मिक कार्यमा सक्रियता बढ्नेछ। आर्थिक पक्ष बलियो रहनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।


  • Jigyasa media

थप