मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंले मेहनतबाट सफलता प्राप्त गर्नुहुनेछ। नसोचेको धन लाभ पनि हुनसक्छ। वैदेशिक क्षेत्रको कामले राम्रो प्रगति गर्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक र पारिवारिक जिम्मेवारी बढ्नेछ। विशेष गरेर, मिहिनेतबाट सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ मिल्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अनावश्यक विवादमा नपर्नु होला। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। धार्मिक यात्राको सम्भावना छ, तर ध्यान दिनु आवश्यक छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन रचनात्मक काममा लाग्न अनुकूल हुनेछ। आफन्तसँगको सम्बन्ध सुधारिनेछ। प्रेम सम्बन्धमा पनि मिठासता हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक लाभको योग छ। व्यवसायमा सफलता मिल्नेछ। पारिवारिक सहयोग पाउने सम्भावना छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन शुभ रहनेछ। व्यापारमा सफलता मिल्नेछ र प्रेम जीवनमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्चमा वृद्धि हुन सक्छ, त्यसैले आर्थिक निर्णयमा सतर्कता अपनाउनुहोस्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, ध्यान दिनु होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक मान प्रतिष्ठा बढ्नेछ। नयाँ कामको थालनी गर्न अनुकूल दिन छ। साथीभाइसँग रमाइलो समय बित्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
काममा सफलता पाउने दिन छ। दाम्पत्य जीवनमा खुशीको वातावरण हुनेछ। वैदेशिक यात्राको सम्भावना पनि छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसायमा लाभ हुनेछ। पारिवारिक माहोलमा शान्ति छाउनेछ। सामाजिक क्षेत्रमा सक्रिय बन्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विदेशीसँगको सम्बन्धले फाइदा दिलाउनेछ। आर्थिक पक्ष बलियो हुनेछ। लगानीको राम्रो अवसर मिल्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
तपाईंको आत्मविश्वास बढ्नेछ। साना समस्या भए पनि त्यसले तपाईँको लक्ष्यमा बाधा पुर्याउने छैन। व्यापारमा फाइदा हुनेछ।
शुभ दिन
- Jigyasa media