Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

२०८२ वैशाख २० गते, शनिबारको दैनिक राशिफल हेर्नुहोस्

  •   १ वर्ष अघि | १९ बैशाख २०८२, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धेरै सोच्दा मानसिक थकान हुन सक्छ। पारिवारिक सल्लाहमा अघि बढ्दा फाइदा हुनेछ। यात्रामा होसियार रहनुहोस्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आर्थिक लाभको संकेत छ। नयाँ कामको सुरुवातका लागि अनुकूल दिन हो। आत्मविश्वासमा वृद्धि हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) विद्यार्थी वा प्रतियोगितामा सहभागीहरूका लागि सफलता पाउने योग छ। तर, बोल्दा सतर्कता अपनाउनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना साथीहरूसँग भेटघाट हुने सम्भावना छ। प्रेम सम्बन्धमा सकारात्मक संकेत देखिन्छ। खर्च बढ्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पेशागत जिम्मेवारी बढ्नेछ। सरकारी वा प्रशासनिक काममा सफलता मिल्ने दिन हो। आत्मसमर्पण भावले सम्बन्ध सुदृढ हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक वा सामाजिक काममा रुचि बढ्नेछ। यात्रा लाभदायक हुनसक्छ। सहयोगी हातहरू साथमा रहनेछन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दैनिक जीवनमा सानो उतारचढाव आइपर्न सक्छ। गोप्य शत्रु सक्रिय हुन सक्छन्, सतर्क रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)दाम्पत्य जीवनमा सुमधुरता आउनेछ। साझेदारीको काममा लाभ हुने सम्भावना छ। प्रेममा दृढता देखिनेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे) कामको चाप बढ्नेछ, तर समयको राम्रो व्यवस्थापन गर्न सकिनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) रचनात्मक कामबाट प्रशंसा पाइनेछ। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। सन्तान पक्षबाट सन्तोषजनक समाचार मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) घरपरिवारसँग समय बिताउन पाउँदा मन प्रफुल्ल रहनेछ। घर जग्गासम्बन्धी निर्णयमा संयमता आवश्यक छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मित्रहरूको साथले नयाँ योजना बन्न सक्छ। लेखन, कला, वा संचारको क्षेत्रमा सफलता प्राप्त हुनेछ। सानो विवादलाई टाढा राख्नुहोस्।

  • Jigyasanepal

थप